मेष – मानसम्मान बढ्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यापारमा राम्रो योग देखिन्छ । आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । शत्रुको भय रहनेछ । राजनीतिबाट फाइदा हुनुका साथै साताको अन्त्यमा भने खर्च बढ्ने र पारिवारिक समस्या हुनेछ ।
वृष – सन्तानबाट सहयोग पाइनेछ, भेटघाट एवम् भोजभतेरमा खुसियाली मिल्नेछ , वैदेशिक काममा फाइदा मिल्नेछ । लामो दुरीको यात्राकाे योग छ । मान्यजनबाट आश्वासनका साथै पद–प्रतिष्ठामा वृद्धि हुने छ । साताको अन्त्यमा आकस्मिक लाभ र आफन्तबाट फाइदा मिल्नेछ ।मिथुन – दाजुभाइको सहयोगले काममा प्रगति मिल्नेछ । स्वास्थ्यमा भने समस्या हुनेछ । आफन्तबाट धोका मिल्नेछ । साताको मध्यमा विदेश यात्राको सम्भावना रहेको छ । भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । साताको अन्त्यमा राजनीतिक फाइदा र जिम्मेवारी बढ्ने देखिन्छ ।
कर्कट– पारिवारिक सहयोग पाइनेछ । प्रेममा प्रगति हुनाका साथै साझेदारीमा फाइदा मिल्नेछ । प्रेमीप्रमिकाबीचसम्बन्ध सुध्रिनेछ । साताको मध्यमा भने अपजस आउन सक्नेछ । स्वास्थ्य समस्याले खर्च बढ्ने बढाउने देखिन्छ भने साताको अन्त्यमा अधुरा काम बन्ने र यात्राको अवसर पाइनेछ ।
सिंह– काम बिगार्ने अगि सर्नेछन् । वादविवादमा परिने सम्भावना छ । विरोधीहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । ससुराल पक्षबाट सहयोग पाइनेछ । वैवाहिक कुराकानी चल्नेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिने योग छ ।
कन्या– अकस्मात् जिम्मेवारी आउनेछ , कार्य व्यस्तता बढ्नाले घरायसी काममा वाधा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । मुद्दा मामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । साताको अन्त्यमा भने छोटो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ ।
तुला– यात्राको योग छ । खर्च बढी हुनेछ देखिन्छ । मनमा चिन्ता बढ्नेछ । चिसोले सताउनेछ । घरायसी समस्या बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा मिल्नेछ । साताको अन्त्यमा विरोधीले काम बिगार्न सक्नेछन् ।
वृश्चिक– आम्दामी राम्रो हुनेछ । धनको योग छ । पराक्रम बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ । साताको मध्यमा समस्या बल्झिनेछ । काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । साताको अन्त्यमा भने धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ ।
धनु – मान सम्मान पाइनेछ । राजनीतिक भेटघाटले अधुराकाम बन्नेछन् । कुटुम्ब भेटघाट रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । छोटो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यले बाधा तथा मनमा अशान्ति तथा पारिवारिक झैझगडा हुनेछ ।
मकर – लामो यात्रा हुनेछ , धर्ममा रुचि बढ्ने एवम् दान पुण्यकाममा खर्च हुनेछ । हतारमा काम बिग्रिनेछ । गरेको काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरिरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । साताको अन्त्यमा भने आकस्मिक लाभ तथा व्यापारमा राम्रो प्रतिफल मिल्नेछ ।
कुम्भ – अनावश्यक झमेला आउने छ । खर्चले तनाव बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्य तथा अन्त्यमा भने पारिवारिक सुख एवम् व्यापार व्यवसायबाट राम्र्रो आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ । आफन्त भेटघाटमा समय बित्नेछ । काममा बोझ थपिनेछ ।
मीन – पारिवारिक मित्रता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । साताको मध्यमा भने अनावश्यक लाञ्छना लाग्नेछ, मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतीको सम्भावना एवम् गरेको काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागश्वरी