धरहरा पुनर्निर्माणमा गुनासै गुनासो

काठमाडौं । धरहरा पुनःनिर्माणको काम शुरु गरिएको भएपनि स्थानीयबासीको माग सम्बोधन नभएका कारण समस्या देखिएको छ ।

धरहरा पुनर्निर्माणको काम शुरु गर्नु पूर्व स्थानीयबासीसँग छलफल नगरेका कारण अहिले दैनिकजसो निर्माण कम्पनी र स्थानीबासीबीच भनाभन तथा विवादको अवस्था देखिने गरेको छ ।

धरहरा पुनर्निर्माण स्थलमा शुक्रबार पनि यस्तै दृश्य देखियो । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालको अवलोकन टोलीलाई स्थानीयले अवलोकन गर्नबाटै रोक्ने प्रयास गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी, निर्माण कम्पनी, कन्सल्टेण्ट, प्राविधिक स्थानीय जनप्रतिनिधि र पत्रकार सम्मिलित टोलीलाई स्थानीयले अवलोकन गर्नबाट रोक्ने प्रयास गरेका हुन् । यस क्रममा केहीबेर भनाभन र धकेलाधकेलको अवस्था समेत हुन पुगेको थियो ।

काठमाडौ महानगरपालिका वडा नम्बर–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा निर्माणसँगै स्थानीयको सामाजिक, आर्थिक तथा सांस्कृतिक मुल्य मान्यताको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीयको भावनासँग गाँसिएका कुरामा विचार नपुर्याउँदा समस्या सिर्जना भएको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय रुपमा बर्षौदेखि कायम सांस्कृति मार्गहरुको संरक्षण गरिनुपर्ने र धरहरा हेर्नकै लागि पैसा तिर्नुपर्ने अवस्था आउन नहुनेतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । स्थानीयको ऐतिहासिक महत्वको विषय हेर्न पनि टिकट काट्नुपर्ने व्यवस्था गरी धरहरालाई व्यापारिकरण गर्ने हो भने त्यसको विरोध गर्दै आफ्नै वडाले धरहरा बनाउने चेतावनी दिनुभयो ।

स्थानीय राजेश डंगोलले सर्वाधिक चासो र महत्वको विषयको धरहरा पुनर्निर्माण बारे सरकारले स्थानीयबासीसँग छलफल र समन्वय नगरेको गुनासो गर्नुभयो ।

संयुक्त अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ इन्जिनियर धु्रवप्रसाद पौडेलले धरहराको भित्रि ंसंरचना आधुनिक बनेपनि बाहिरी संरचना पुरानै स्वरुपमा निर्माण गरिने बताउनुभयो । उहाँले अध्ययन अनुसन्धानका लागि पुरानो संरचनालाई पनि सुरक्षित राखिने बताउनुभयो । उहाँले निर्माणका क्रममा आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधिसँग पनि निर्माण छलफल गरिएको दाबी गर्नुभयो ।

भ्रष्टाचार अनुगमनमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले स्थानीयको माग सम्बोधन गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ । वरिष्ठ अधिकृत बबिता शर्माले स्थानीयबासीमा सामाजिक सांस्कृतिक रुपमा रहेको विमति प्राधिकरणले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

धरहरालाई व्यापारिकरण खोजिएको भन्दै सर्वत्र विरोध भएपछि निर्माणको सम्पूर्ण जिम्मा संघीय सरकारले लिएर प्राधिकरणको नेतृत्वमा निर्माण प्रक्रिया शुरु गरिएको थियो । ट्रान्सपरेन्सीले २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार नै रानी पोखरी निर्माण कार्यको अवलोकन गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन