सांसद गगन थापाद्वारा सडक विभागमा धर्ना

काठमाडौं । आफू निर्वाचित काठमाडौं क्षेत्र नम्बर ४ को कपन चावहिल सडक विस्तारमा सरकार सुस्त भएको भन्दै सांसद गगन थापा आन्दोलनमा उत्रनुभएको छ ।
मतदातासहित ललितपुरको चाकुपाटस्थित सडक विभागमा धर्ना दिन पुग्नुभएका थापाले जनतालाई धुवाँ र धुलोबाट आजित बनाएर मन्त्रीलाई सिंहदरबारमा आराम गर्ने अधिकार नभएको बताउनुभयो । दिउँसो १२ बजे सडक विभाग पुगेर धर्ना बस्नुभएका सांसद थापाले पहिलो चरणको धर्ना सांकेतिक मात्र भएको र तत्काल सडक निर्माण नभए मन्त्रालयमै धर्ना दिने चेतावनी समेत दिनुभयो ।
मन्त्री थापाले यथाशीघ्र सडक निर्माणको पहल गर्न मन्त्रालयलाई आग्रह गनुभयो ।