जिप दुर्घटनामा बेपत्ता चालकको शव भेटियो

रोल्पा । शुक्रबार बेलुका भएको जिप दुर्घटनामा परी हराइरहेका चालकको शव शनिबार बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको  जिप माडचौरको भलाममा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी जिपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको जिप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो ।

शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पु¥याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…