कलिला काँधमा घाँसकाे भारी

जहाँ घाँसका भारीमा प्रतिस्पर्धा गर्छन् बालबालिका

आशिषबहादुर सिंह
बझाङ । ग्रामीण भेगतिरका बालबालिकाको दैनिकी बिहान ५ बजे आमासँग उठ्ने बित्तिकै शुरु हुन्छ । बासी रोटी र नुन हातमा बोकेर घाँसदाउरा र मेलापात धाउनु बालबालिकाको दैनिकी हो ।

बालबालिकाका अरु केही रहर नै हुँदैनन् घाँसकाे भारी ठूलाे बनाउने बाहेक । कसले बढी घाँसदाउराको भारी बनाएको छ उस्कै चर्चा हुन्छ । जसले बढी काम गरेको छ उसैलाई बढी माया गरिन्छ घरमा पनि ।

घरबाट दुईघण्टा टाढासम्म पुगेर घाँसदाउराका लागि मेलामा पुग्छन् बालबालिका । धेरै घाँस काट्ने प्रतिस्पर्धामा कति बालबालिकाका हात काटिएका हुन्छन् हसियाले र कतिलाई जुकाले टाेकेर रक्ताम्मे बनाएका हुन्छन् । तरपनि उनीहरु घाँसको भारी ठूलो बनाउने प्रतिस्पर्धामा रमाइरहेका हुन्छन् ।

घाँसकाे भारीले छोपेर बालबालिकाका अनुहार देखिएका हुँदैनन्, भोकले बोल्ने शक्ति हुँदैन । बीच बाटामा पुगेर घाँसको भारी चौतारीमा बिसाउँछन्, पसिना पुस्छन् र सकि नसकी घाँसकाे भारी बोकेर घरतिर लाग्छन् । बिहान ५ बजे घरबाट निस्किएका बालबालिका १० बजेतिर घर पुग्छन् घाँसदाउरको भारी बोकेर । उनीहरुका बुबाआमा यसैमा गर्व गर्छन्, अभिवाकलाई छोराछोरीको भविष्यप्रति कुनै चिन्ता र चासो नभएको प्रष्टै देखिन्छ ।

‘बालबालिका भनेका काँचो माटो हुन्’, नारायण माविका शिक्षक ऐनबहादुर सिंह भन्नुहुन्छ, ‘फूलको कोपिला हुन् जता लग्यो उतै जान्छन्।’ ग्रामीण भेगका बालबालिका भन्दा अभिभावकलाई सचेत गराउनु बढी आवश्यक भएको सिंहको भनाइ छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…