प्याब्सन बास्केटबलमा स्वप्न वाटिका र हेम्स सफल

काठमाडौं । स्वप्न वाटिका र हेम्सले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेका छन् ।
शनिबार भएको खेलमा स्वप्न वाटिकाले केइएसलाई १८–४ ले पराजित गर्यो ।

स्वप्न वाटिकाका अश्विक केसीले ५ अंक जोडे । हेम्सले काठमाडौं जेभियरलाई १४–७ ले हरायो । हेम्सका हेलेन राजवंशीले ६ अंक जोडे । जुनियर ब्वाइजमै सनसाइनले स्पाङगेललाई ९–७ ले पन्छायो । सनसाइनका दीपेश विष्टले ४ स्कोर गरे ।

सिनियर गल्र्समा एसियन पब्लिकले काठमाडौं जेभियरलाई १७–११, चैतण्यले सेवा सदनलाई ९–४, अक्सिडेन्टलले हेम्सलाई ९–६, स्पाङगेलले सनसाइनलाई ६–४ र भद्रघलेले अल्बर्टलाई ४–२ ले पाखा लगाए । एसियनकी निपिसा रिजालले १०, चैतण्यकी सविना खवासले ७ र

अक्सिडेन्टलकी सपना अधिकारीले ६ स्कोर गरे । सिनियर ब्वाइजमा स्पाङगेलले सनसाइनमाथि २९–२० को जित रच्यो । विजयी टिमका लागि रोहित बलामीले १७ अंक जोडे

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।