ग्रिनल्यान्डलाई फुटसल उपाधि

काठमाडौं । ग्रिनल्यान्डले दोश्रो टोखा प्याब्सन अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

टोखा प्याब्सन र टोखा नगरपालिका वडा नम्बर ८ द्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनल्यान्डले हिमालयन भ्यालीलाई ३–२ गोलले पराजित गर्यो । ग्रिनल्यान्डका सविन गुरुङले ह्याट्रिक गरे । सविननै सर्वोत्कृष्ट खेलाडी चुनिए । हिमालयनका रोहन कोइराला र विश्वास श्रेष्ठले १–१ गोल गरे ।

हिमालयनका रविन थापा उत्कृष्ट गोलरक्षक घोषित भए । नेपाल मोडेल अनुशासित टिम ठहरियो । विजेतालाई टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष केशव खत्री, टोखा प्याब्सनका अध्यक्ष टंकुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…