इन्साफ, विकास र प्रगतिको गति

इन्साफ, विकास र प्रगति हाम्रो आदर्श हो । पारिवारीक हित र सामाजिक न्याय जनताको आवश्यक हो । समाजमा बाँच्नको लागि आवश्यक वस्तुको समान वितरण नै सामाजिकक न्याय हो । समाजमा हुने विभिन्न घट्ना , दुर्घटना र परिवेशका मुद्दामा अनुसन्धान गरी जनतालाई न्याय दिने सवालसहित यहीभित्र पर्छ । मान्छेलाई सबै सहन सजिलो हुन्छ तर अन्याय सहन गाह्राे हुन्छ । चाहे व्यक्तिगत जीवनमा होस् या सार्वजनिक । जीवनमा अन्याय सहनु अति नै दुष्कर कार्य हो । व्यक्तिमा निहीत अहम्, कुण्ठा तथा मनोपोली भावनाका कारण पार्टीभित्र न्याय कठिन भएको अवस्था छ ।

पार्टीभित्रको न्यायको छाप र प्रभाव नै सामाजिक व्यवस्थामा पनि देखिन्छ । पार्टीमा नेताका गुण, क्षमता र कार्यकुशलताका आधारमा नै जनताले विचार तथा दृष्टिकोण बनाउँछन् । शासकको कर्मको प्रतिकृया जनताले मतदान र सडकवाट दिन्छन् । त्यसमा अरूले त अलिकति घिउ चिनी थप्ने मात्र हो । बहुदलीय व्यवस्थामा पार्टीले सरकार चलाउँछ । पार्टीको प्रभाव नै सरकारमा पर्छ । अनि सरकारको काम र त्यसको परिणाम हेरेर नै जनताले पार्टीबारे आफ्नो धारणा बनाउँछन् ।

हामीले पीडितको सुरक्षा, अझ बढी गरिबको रक्षा गर्नुपर्ने आवाज उठाउँदै आएका छौ । निश्पक्ष र स्वतन्त्र न्याय, जनतालाई समान अधिकारको आवाज बुलन्द गरेका छौं

हामीले सत्य, न्याय र समानतालाई आफ्नो आदर्श बनाएको हो । सबै किसिमको त्याग तपस्या र बलिदान त्यसैका निम्ति गरेका हौ । सबै विरोध, प्रतिरोध तथा आक्रमण त्यसैको लागि गरिएको हो । निश्पक्ष र स्वतन्त्र न्याय अनि सबै जनतालाई समान अधिकारको आवाज बुलन्द गरेका हौं । हामीले पीडितको सुरक्षा, त्यसमा पनि अझ बढी गरिबको रक्षा गर्नुपर्ने आवाज उठाउँदै आएका छौ ।

हामीमा अहिले सेवाभाव भन्दा स्वार्थ बढेको अवस्था छ । अझ कमाउ, खाउ र रमाउ चरित्र मौलाउन थालेको छ । पार्टी, देश र जनताको नाममा विगतमा गरिएको त्याग, तपस्या र बलिदान मजाक पो थियो की ? भन्ने भान हुन थालिसकेको छ । राष्ट्रियता,जीविका र जनवाद नेपाली कम्युनिष्ट आन्दोलनमा सबभन्दा मन पराइएको नारा हो । राष्ट्र जोगाउने, राष्ट्र बनाउने अनि राष्ट्रलाई सुन्दर ढंगले सिगार्ने हाम्रो पहिलो एजेण्डा थियो । जनतामा लोकतन्त्रको अनुभूतिसहितको जीविकाको व्यवस्था हाम्रो प्रतिवद्धता थियो । जनतालाई पूर्ण लोकतान्त्रिक अधिकारसहित गास, वास, कपास तथा शिक्षा, स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्ने हाम्रो अठोट थियो । नेतृत्वमा आफूले बोलेको कुरा नै राष्ट्रियता ठान्ने प्रवृति छ । आफूले राज्यमा बसेर प्राप्त गरेको उपलब्धि नै लोकतन्त्र, अनि आफूले प्रयोग गरेको सेवा र सुविधा सबैले प्रयोग गरिरहेका छन् भन्ने सोच देखिएको छ । यस्तो प्रवृति र सोच र केवल प्रवचन गर्न पाउने हक मात्र हो । आफ्नो प्रशंसा अनि दलीय स्वतन्त्रता नै लोकतन्त्र ठान्ने दृष्टिकोण नै अहिलेको परिवेशको कारण हो ।

लोकतन्त्रमा जनताको सम्मान हुनुपर्छ । स्वतन्त्रताको रक्षा अनि सम्मतीको शासन हुनुपर्छ । जब शासकले लोकतन्त्रलाई आफ्नो कमाई ठान्छ, पटकपटक दोहन गर्न थाल्छ । त्यो जनतालाई पच्दैन । जनता तुरुन्त बोल्दैन तर विद्रोह गरेर देखाई दिन्छन् । हामीले राजनीति पीडितको नाममा लिएको सेवा, जेल बसेको आधारमा प्राप्त गरेको सुविधा, प्रवासमा बसेको कारणले, भूमिगत बसेको, जनयुद्धमा लडेको आधारमा प्राप्त गरेको राहत, शहादत, वेपत्तासहित अनेकौ आधार र कारण देखाउदै राज्यको ढुकुटीमा गरेको हस्तक्षेप जनताले देखिरहेका छन् । फेरि पनि त्यही आधार बताउँदै सत्तामा पनि बसिरहेका छौ । धन्दा चाँहि उही परम्परागत नै चलाउँछौ । जनताले कसरी धैर्य गर्छ ? त्यसैले अब संघर्ष र त्यागको बखानले होइन, जनताप्रतिको समर्पण र सुकर्मले मात्र जनताको मन जित्न सकिन्छ ।

जनता र जनताका लागि भन्दै गरिएको प्रवचन अनुसारको व्यवहार खोजिरहेका छन् । आन्दोलन र क्रान्तिका बेला देखिएको त्याग, समर्पण र लगाव खोजिरहेका छन् । तर हाम्रो ‘पोजिशन’ फेरिएको छैन । हामी जनतामा पुग्न छाडिसकेका छौ

विकासका ठूला सपना देखाउने, समानताका आधारमा विकास योजना बनाउन नसक्नु, विकास बजेटलाई जनताको माग र आवश्कताको विषय बनाउन नसक्नु र बजेट तथा कार्यक्रममा सत्ताशक्ति केन्द्रित हुँदा जनता विश्वस्त हुन सकिरहेका छैनन् । अहिले जनता प्रविधियुक्त छन् । सचेत छन् । विश्वका कुनाकुना भएका घटना र प्रसङ्ग सजिलै थाहा पाउँछन् । जनतालाई सञ्चार माध्यमले सचेत र सजक बनाएको छ । जब एउटा जिल्ला भन्दा सिगो प्रदेश, एउटा निर्वाचन क्षेत्र भन्दा सिगो प्रदेशको बजेट कम देख्छ । जनता स्वभाविक रूपमा आक्राेसित हुन्छ्न । कार्यकर्ता भजन गाएर बस्लान, समर्थक चुप लाग्न सक्ला तर आमनागरिकलाई भने त्यस्तो बाध्यता छैन ।

जनता र जनताका लागि भन्दै गरिएको प्रवचन अनुसारको व्यवहार खोजिरहेका छन् । आन्दोलन र क्रान्तिका बेला देखिएको त्याग, समर्पण र लगाव खोजिरहेका छन् । तर हाम्रो ‘पोजिशन’ फेरिएको छैन । हामी जनतामा पुग्न छाडि सकेका छौ । हामीलाई हाम्रा सल्लाहकार, हाम्रा गुटका साथी र केही औपचारिक बैठकका सहभागी भए पुग्छ । त्यसैमा भ्याई नभ्याई छ हामीलाई । सुशासनको लागि प्रशासन परिचालनमा व्यस्तता छ । जनताका आधारभुत आवश्यकतामा ध्यान पुग्न सकेको छैन । जनताले शासक तथा नेतृत्वका दैनिकक समाचार र प्रगति सुनिरहेका छन् । केमा कति खर्च भयो ? कस्ले कस्तो गाडी चढ्यो, कस्ले कताको जमिन मिलायो ? कस्ले कता ठूलो घर बनायो ? कस्ले कुन पद पायो, कति सुविधा खायो ? यस्ता समाचारले वाक्क भइसकेका छन् जनता । यस्तो सुन्दा उनीहरूलाई लाग्छ सरकारमा बस्ने र पार्टी नेतृत्वले पनि केवल आफ्ना लागि मात्र गर्दा रहेछन् ।

सुशासन र भ्रष्टाचार मुलुक आमनेपालीको चाहना हो । ‘उड्ने गुड्ने पंचका घर, विचरा जनता तिर्छ कर’ भन्थ्यौ हामी । पञ्चहरुले भ्रष्टाचार गरे देश डुबाए भन्यौ । पञ्चायत ढालियो । बहुदलीय आयो । बदुललीय प्रजातन्त्रमा कांग्रेसले बहुमतको सरकार बनायो। । कांग्रेसले निजीकरण उदारीकरण ल्यायो । पञ्चायती कालमा स्थापित उद्योग निजीकरण भए । संस्थानलाई समेत निजीकरण गरियो । निजीकरणसँगै उद्योग धन्दा बन्द हुन थाले । उद्योग धन्दामा कार्यरत बेरोजगार हुनुपर्ने अवस्था आयो। मुलुकका स्थापित उद्योग बन्द गराएर जनतालाई वैदेशिक रोजगारीको बाटो देखाइयो । आत्मनिर्भरको गारेटो कोर्न लागेको मुलुक परनिर्भरतर्फ लाग्यो । मुलुक रेमिट्यान्समा धानिन बाध्य भयो ।
हामीले त्यसको विरोध गर्यो । यसै पृष्टभूमिमा पञ्चायत ढल्यो । बहुदलीय व्यवस्था आयो । राजा र तत्कालीन व्यवस्थाविरुद्ध जनमत तयार भयो । राजतन्त्रविरुद्ध क्रान्तिको वातावरण बन्यो । त्यसैको उपज हो २०६२/०६३ को जनआन्दोलन । आन्दोलनले राजतन्त्र गल्यो र ढल्ने अवस्थामा पुग्यो । मुलुकबाट राजतन्त्र अन्त्य भएकाे डेढ दशक पुग्न लागेको छ ।

मुलुकमा अहिले कम्युनिस्ट सरकार छ । दुई तिहाईको बलियो सरकार । तर पनि जनताले लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन् । लोकतन्त्रको प्रवचन र सुशासन तथा दिगो विकासको भाषण बाहेक जनताले केही पाएका छैनन् । जनतामा असन्तुष्टि बढिरहेको छ । यसको कारण पहिचान गर्न जरुरी छ । समस्याको पहिचान, कारणको खोजी र समाधानका लागि पहलकदमी नै असल शासनको चरित्र हो । शासकले बेलैमा ध्यान दिनु उचित हुन्छ ।

संसारमा कोही पनि सर्वगुण सम्पन्न छैन । अध्ययन गरेर या अनुभव गरेर नै हरेकले सिक्ने हो । सिकेर नै जान्ने हो । जानेको काम नै हामीले गर्ने हो । अहिले स्थिति केही बिग्रेको छ । तर हाम्रो पहुँच बाहिर गइसकेको छैन । सामुहिक रूपमा समाधानका उपाय खोजेर समस्या निराकरणतिर लाग्नुपर्छ । त्यसका लागि ‘हरेकले सबैका लागि, सबैले हरेकका लागि’ भन्ने सोचसहित अघि बढ्नु जरूरी छ ।

                                                                                                                                 (पौडेल पूर्व मन्त्री हुनुहुन्छ)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…