पहिरोमा पुरिएर एकै घरका तीनको मृत्यु

फाइल तस्बिर

जाजरकोट । भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

आइतबार १ः४५ बजे आएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…