पशुपतिनाथको जग्गा हडप्ने मारवाडीको प्रपञ्च (भिडियोसहित)

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा विभिन्न व्यक्ति तथा समुदायले हड्प्ने प्रयास गरिरहेका छन् । मारवाडी समुदाय समेत मोही बनेर हड्प्ने प्रयत्नमा लागेको रहस्य खुलेको छ । मारवाडी समुदाय गौशालाको जग्गा हात पार्ने प्रपञ्चमा लागेको हो ।

 २०२१ सालमा भएको नापी नक्सा तथा फिल्ड बुक मोठमा गौशालाको जग्गालाई कित्ता नम्बर ८३ मा ४ रोपनी १५ आना र कित्ता नम्बर ८५ मा ४ रोपनी १० आना जग्गा कायम गरिएको छ । जग्गा धनीको महलमा पशुपतिनाथ उल्लेख छ र मोहीमा पशुपति गौशाला लेखिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती २०२१ सालसम्मको सरकारी दस्तावेजमा माडवाडी सेवा समिति र धर्मशाला भन्ने कतै उल्लेख नभएको बताउनु हुन्छ । ‘त्यसबेलासम्म माडवाडी सेवा समिति न जग्गा धनी नत मोही’ उहाँ भन्नु हुन्छ, ‘मारवाडी सेवा समिति रामकुमार र हरिनारायण मारवाडीको उत्तराधिकारी संस्था होइन । पशुपति गौशाला प्राचीनकालदेखि कायम छ । धर्मशाला पछि बनेको हो । गौशाला र धर्मशालासँग मारवाडी सेवा समिति १९९७ देखि सञ्चालकको रुपमा जोडिएका हुन् तर स्वामित्व र एकाधिकार प्राप्त गरेको होइन ।’

कार्यकरी निर्देशक उप्रेतीका अुसार जुद्ध शमशेरले सनद गरिदिँदा पनि गौशाला सञ्चालन भनेर दिएका थिए । मारवाडी समुदायको नाम कहि कतै उल्लेख छैन । मारवाडी सेवा समिति एक गैर सरकारी संस्थाको रुपमा धेरै पछि दर्ता भएको हो । मारवाडी सेवा समिति र पशुपति क्षेत्र विकास कोषबीच स्वामित्व, सञ्चालन व्यवस्थापन र आयस्ता हकदैयाको प्रश्न उठेपछि पशुपति गौशाला धर्मशाला र मारवाडी सेवा समितिलाई कानुनी रुपमा गाँस्ने प्रयास गरियो । तर कुनै पनि कानुनी दस्तावेजमा मारवाडी सेवा सदन र पशुपति गौशाला धर्मशाला एक आपसमा जोडिएको देखिँदैन ।

२०३८ सालपछि धर्मशालामा तला थप्ने विषयमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद उत्पन्न भयो । माडवाडी सेवा समितिले विशेष अदालतमा मुद्दा दायर गर्योर । मारवाडी सेवा समितिले मोहीको फर्जी निस्सा बनाएर अदालतमा पेश गरेको पशुपति क्षेत्र विकास कोषको आरोप छ ।

२०६० सालमा ज्ञानेन्द्रको शाही शासन थियो र पर्यटन तथा संस्कृति मन्त्री हुनुहुन्थ्यो कुवेर शर्मा । २०६० साल जेठ ९ गते तत्कालीन मन्त्री शर्माको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिलाई वार्षिक ५० हजार कुत बुझाउने गरी धर्मशाला समितिलाई दिने निर्णय गरेको हो ।
विशेष अदालतले जग्गाको स्वामित्व पशुपतिनाथ कै कायम गरिदियो । समिति मोही भएको पनि ठहरिएन । तर सञ्चालन र व्यवस्थापन सम्झौता बमोजिम गर्नु भन्ने आदेश दिइयो । समितिले सर्वोच्च अदालतमा पुनरावेदन ग¥यो । तर सर्वोच्च अदालतबाट पनि विशेष अदालतकै फैसला सदर भयो ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकाल जग्गा कोषले संचालन गर्न खोज्दा गौशाला समितिले अवरोध गरेको बताउनु हुन्छ । ‘पशुपति क्षेत्र विकास कोषले ऐन बमोजिम धर्मशालाको सञ्चालन, व्यवस्थापन र नियमन गर्न खोजेको छ, उहाँ भन्नुहुन्छ, तर यसमा गौशाला समिति बीचमा तगारो बनेको छ । गौसेवा र धर्मको नाममा व्यापार गरेर पशुपतिनाथको जग्गामा हैकम चलाइरहेको छ ।’

जातीय समुदायको एक गैर सरकारी संस्था राज्यको निकायभन्दा बलियो भएको छ । आखिर धर्मको नाममा व्यापार किन ? एउटै समुदायको एकाधिकार किन ? पशुपतिनाथको जग्गा हड्प्ने मारवाडी समुदायको प्रपञ्चप्रति प्रश्न उठेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…