‘स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय’

काठमाडौं । सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको बताउनुभएको छ । पाेखरेलले तय गरिएको गुरुयोजनालाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

१२औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पुस्तकालयको विकास र विस्तार सम्बन्धी नीति लिएको स्मरण गराउनुभयो ।

पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजनासमेत तय गरिएको पोखरेलको भनाइ थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।