सागलाई २० खेलाडी छनोट

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । सागका लागि १० पुरुष र १० महिलामा खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी दिनुभएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, नेपाली सेनाका कृष्ण थापा मगर, प्रहरीका सुनिल महर्जन तथा सेनाका मणिकुमार लामा छनोट हुनु भएको छ ।

महिलातर्फ प्रहरीकी नविता श्रेष्ठ, सेनाका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापा मगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिनु भएको छ । सागमा पुरुष÷महिलामा समान ५–५ गरी १० खेलाडीले सहभागिताको अवसर पाउने प्रथम उपाध्यक्ष वज्राचार्यले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।