ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले हिन्दू महिलाको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।

नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ्ग, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको छ ।

त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाता भएका ग्राहकले बैंकबाट कर्जा लिँदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

बैंकले हालै आयोजित तीज विशेष कार्यक्रममा योजना घोषणा गरेको छ, यो योजना एक महिनाको लागि लागू रहने छ । हाल बैंकले आफ्ना १ सय ४२ शाखा, ३० वटा एक्टेन्सन् तथा राजश्व संकलन काउण्टर, १ सय ८४ शाखारहित बैंकिङ सेवा, १ सय ४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ३ सय १५ व्यवसायीलाई कारबाही गरेको छ । म्याद गुज्रेको सामान बिक्री गर्ने, मूल्य…

काठमाडौं । टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल…

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।  चन्द्रमासमा आधारित मञ्जुश्री…

काठमाडौं । सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदै गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । सल्लाहकार प्याकुरेलले शुक्रबार दिनुभएको…

काठमाडौं । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने नेपालतर्फ बग्ने कुनै पनि नदीको बहावमा अवरोध नगर्ने भएको छ ।…