मिस्टर काठमाडौं शारीरिक सुगठनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । भदौ २० र २१ गते हुने प्रतियोगिताका दौरान महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता र पुरुष स्पोर्ट्स फिजिक्स पनि हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए ।

सुरुका तीन संस्करण काठमाडौं जिल्लाव्यापी भएकोमा यस संस्करणदेखि राष्ट्रिय खुला प्रतियोगिताका रुपमा आयोजना गर्न लागिएको हो । मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गर्ने छन् । फाइनलमा प्रत्येक वजनसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर काठमाडौं उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । मिस्टर काठमाडौं उपाधि विजेतालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरिने छ ।

महिला एथलेटिक्स फिजिक्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । जुनियर मिस्टर काठमाडौं प्रतियोगितामा २०७५ साल चैत मसान्तसम्ममा २१ वर्ष ननाघेका खेलाडीले भाग लिने पाउने प्रावधान रहेको छ । पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै पुरुष स्पोर्ट्स फिजिक्समा १७० सेन्टिमिटर सम्म र १७० सेन्टिमिटर भन्दामाथि उचाईं गरी २ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवै स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ३० हजार, १५ हजार र ५ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सबै स्पर्धामा मिलाएर जम्मा १ सय ३० खेलाडीको सहभागिता रहने अध्यक्ष सुवेदीले जानकारी दिए । पहिलो दिन प्रिजजिङ राउन्ड नक्सालस्थित नक्साल बैंक्युटमा हुनेछ भने फाइनल कमलादीस्थित नेपाल एकेडेमी हलमा खेलाइने छ । पाँचै स्पर्धामा पहिलो हुने खेलाडीलाई आयोजक संघले १ वर्षका लागि मासिक १ हजारका दर प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने बताइएको छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन