विप्लव समूहका इन्चार्ज जेल चलान

नवलपरासी । नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य जेल चलान भएका छन् । संगठित मुद्दामा फरार समेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।

उनलाई सोमबार जेल चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो । आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो ।

‘आचार्य गत फागुन ३० गते चन्द समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति नवलपरासीको सरावल गाउँपालिका–१ तुल्सीपुरस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा आगो लगाइ सङ्गठित अपराध मुद्दामा फरार थिए’ प्रहरी नायव उपरीक्षक थापाले भन्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।