मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख घुससहित पक्राउ

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा कार्यरत पूर्वकर्मचारी हरिमोहन क्षेत्रीले सेवाग्राहीसँग एक लाख घुस मागेको अभियोगमा सोमबार पक्राउ गरेको छ ।

आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । आयोगको हेटौँडाबाट गएको टोलीले क्षेत्रीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी क्षेत्रीको थप अनुसन्धान भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।