एसियन र चैतन्यकाे जित

काठमाडौं । एसियन र चैतण्यले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

एसियनले विज किड्सलाई ५७–२१ ले पराजित गर्यो । एसियनका पारस र मोहितले समान १६ अंक जोडे । चैतण्यले सेवा सदनलाई १७–८ ले हरायो । चैतण्यका समिर लम्सालले ७ स्कोर गरे ।

सिनियर ब्वाइजमै हेम्सले न्यु डनबस्कोलाई २३–१० तथा लिटिल फ्लावरले स्नो एपेक्सलाई २३–१६ ले पाखा लगाए । हेम्सका सुब्रद रायले ६ तथा लिटिल फ्लावरका विज्ञान अधिकारीले १५ अंक जोडे । जुनियर ब्वाइजमा काठमाडौं जेभियरले लिटिल फ्लावरमाथि ११–५ को जित निकाल्यो । काठमाडौं जेभियरका आदित्य अधिकारीले १० स्कोर गरे । सिनियर गल्र्समा स्पाङगेलले चैतण्यलाई ९–२, एसियनले केइएसलाई १५–६, स्वप्न वाटिकाले काठमाडौं नेसनललाई १८–६ र अक्सिडेन्टलले एआईएलाई ५–३ ले पन्छायो ।

स्पाङगेलकी रेशिका केसीले ६, एसियनकी आस्था महर्जनले १०, स्वप्न वाटिकाकी आर्जु चहरले ८ र अक्सिडेन्टलकी एलिनाले ४ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…