बम बिस्फोटमा २ नेपालीको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको बम बिस्फोटमा २ नेपालीको मृत्यु भएको छ । काबुलस्थित ग्रीलेज क्याम्पमा सोमबार राति आतंकवादी समूहले बम बिस्फोट गराएको हो ।

बिस्फोटमा १६ जनाको मृत्यु भएको थियो । त्यसमा २ जना नेपाली परेका हुन् । दुबै जना सुरक्षाकर्मी हुन् । बिस्फोटमा रोल्पाका चन्द्र पुन र चितवनका कृष्ण थापाले जीवन गुमाएको गार्दा वर्ड तथा दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मृतकका आफन्तलाई भने घटनाबारे औपचारिक जानकारी दिइसकेको छैन ।

दूतावासमा अनुसार थापा कार्यरत पोष्ट नजिकै बाम बिस्फोट भएको थियो । बिस्फोट हुँदा उनी ड्युटीमै थिए । पुन भने भने ड्युटी अफ’ थिए । ड्युटी अफ भए पनि बिस्फोटपछि कभर दिन जाँदा उनलाई आतंकवादीको गोली लागेको हो ।

काबुलमा यसअघि २०७३ असार ६ गते पनि आतंकवादी समूहले नेपाली सुरक्षागार्ड सवार मिनी बसमा बम बिस्फोट गराएका थिए । बिस्फोटमा १४ नेपालीले जीवन गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

झापा । दमक नगरपालिकामा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ मा निर्माणाधिन…

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने…