कैलालीमा गम्भीर दुर्घटना, ट्रिपर चालकको मृत्यु

कैलाली । चुरे गाउँपालिका–३ धप्रेनीमा एकजना टिपर चालकको मृत्यु भएको छ ।

गत राति धप्रेनी नजिकैकाे खोल्सामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । से १ क ६९७ नम्बरको ट्रिपर एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा चुरे गाउँपालिका–६ का ट्रिपर चालक नरेन्द्र थापाको मृत्यु भएको हो ।

सामान्य घाइते सहचालकको अतरियामा उपचार भइरहेको छ । सडकबाट करिब २ सय मिटर तल खोल्सामा पुगेको ट्रिपर क्षतविक्षत भएको र निकाल्ने प्रयास भइरहेको छ।

चालकको शवलाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल सेतीमा पठाइएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख इन्सपेक्टर माधव विश्वकर्माले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बिस्तारै कम हुँदै गईरहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही…

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…