सात दिनमा सात बार पर्दछन् र हरेक बारकाे कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारकाे मंगल, बुधबारको बुध, बिहीबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो । ज्योतिषी शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव सम्बन्धित व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ । कुन कार्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जन्मबारका आधारमा पत्ता लगाउन सकिने ज्याेतिषीय मत रहेकाे छ ।
आइतबार जन्म पर्ने व्यक्ति–भाग्यमानी हुन्छन् ।–आयु लामो हुन्छन् ।–कम बोल्ने हुन्छन् ।–कलाकार हुन्छन् ।मान–सम्मान मिल्छ ।–धर्ममा रुची राख्छन् ।–सबैलाई खुशी राख्छन् ।
सोमबार जन्म पर्ने व्यक्ति–मिजासिलो हुन्छन् ।–मिठो बोल्छन् ।–बहादुर हुन्छन् ।–कफ रोगबाट ग्रसित हुन्छन् ।–सबै सुविधाबाट सम्पन्न हुन्छन् ।–कमलाकार हुन्छन् ।–मेहनेति हुन्छन् ।
मंगलबार जन्म पर्ने व्यक्ति–उग्र स्वभावका हुन्छन् ।–विवादमा फस्छन् ।–छालाको रोगबाट ग्रसित–बहादुर हुन्छन् ।–रचनात्मक हुन्छन् ।–सधै तनावमा रहने हुन्छन् ।–राम्रो नेतृत्व गर्ने हुन्छन् ।
बुधबार जन्म पर्ने व्यक्ति–धार्मिक हुन्छन्–दिमाग तगडा हुन्छन् ।–मिठो बोल्ने हुन्छन् ।–वुद्धिको कामबाट लाभ–लापरवाहि गर्ने हुन्छन् ।–अरुलाइ लोभ्याउँछन् ।–बहुमुखी प्रतिभाशाली हुन्छन् ।
बिहीबार जन्म पर्ने व्यक्ति–वुद्धिमानी हुन्छन् ।–धेरै डराउने हुन्छन् ।–असल मित्र हुन्छन् ।–भाग्यशाली हुन्छन् ।–कुनै कुरामा कट्टर हुन्छन् ।–सधैं खुशी हुन्छन् ।–असाधारण व्यक्तित्व
शुक्रबार जन्म पर्ने व्यक्ति–राम्रो प्रवक्ता हुन्छन् ।–सहनशील हुन्छन् ।–मुश्किलदेखि डराउँछन् ।–कलाकार हुन्छन् ।–करियरमा सफल हुन्छन् ।–बुद्धिमानी हुन्छन् ।–समाजमा प्रतिष्ठित हुन्छन् ।
शनिबार जन्म पर्ने व्यक्ति–कृषि व्यापारबाट लाभ पाउँछन् ।–परिश्रमी हुन्छन् ।–तनावबाट ग्रसित हुन्छन् ।–मित्रतामा सावधान–घरपरिवारमा सुख पाउने हुन्छन् ।–अरुको इष्या गर्ने हुन्छन् ।–जोखिमदेखि डराउँछन् ।