गगन थापाले प्रधानमन्त्रीलाई भने– बा धपेडी नगर्नु, आराम गर्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन आग्रह गर्नुभएको छ । सांसद थापाले प्रतिनिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले अस्वस्थताका कारण राजनीतिबाट विश्राम लिनुपर्ने बताउनुभयो ।

‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु, प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौं । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौं ? त्यसकारण प्रधानमन्त्रीज्यूले अब विश्राम लिनु उचित हुन्छ ।’

सांसद थापाले अस्वस्थताका कारण प्रधानमन्त्रीले अब लगातार काम गर्न नसक्ने उल्लेख गर्नुभयो , ‘कार्यकारीणी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा जोखिमको प्रश्न त छँदैछ’, उहाँले भन्नुभयो, ‘प्रत्येक २ /३ महिनामा १० /१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीसँग ब्रिफिङ लिएर देश चलाउने शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।