असोज ११ बाट ‘रातो टिका निधारमा’

झापा । नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा स्टार चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्मा निदेर्शित चलचित्र आगामी असोज १० गतेबाट देशभर एकसाथ रिलिज हुँदैछ । चलचित्रमा वैदेशिक रोजगारको विषयलाई उठान गरिएको निर्देशक शर्माले बताउनुभयो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा रविन्द्रा झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।

एए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

झापाली निर्देशक शर्माले यस चलचित्रको अधिकांश छायाङकन झापाकै पर्यटकीय स्थानमा गरिएको जानकारी दिनुभयो । यस अगाडिको जय भोले पनि झापामा छायाङकन गरेको र चलचित्र सफल भएको समेत शर्माले दाबी गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।