कांग्रेसले नेताहरुलाई भन्यो– कम बोल्नू, धेरै सुन्नू

भदौ २४ देखि असोज ७ सम्म दोस्रो चरणको राष्ट्रिय जागरण अभियान

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध खवरदारी र पार्टी सढृढकरणको लागि फेरि अभियान संचालन गर्ने भएको छ । कांग्रेसले बिहीबार अभियान कार्यक्रम सार्वजनिक गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बीपी सरकारविरुद्ध खवरदारी, पार्टी सुढृढीकरण र समसामयिक सहित १५ बिषय राखेर जयन्ती पारेर भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिपतम’ जागरण अभियानको दोस्रो चरणका कार्यक्रम संचालन गरिने बताउनुभयो । अभियान ७ वटै प्रदेशका ७७ जिल्ला र सबै प्रदेश निर्वाचन क्षेत्रमा संचालन गरिने कांग्रेसले जनाएको छ ।

अभियानमा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । काग्रेसले अभियानमा खटिने केन्द्रीय प्रतिनिनिधि र नेता तथा कार्यकर्तालाई कम बोल्न र जनताको कुरा सुन्न निर्देशन दिएको छ । कांग्रेसले कार्यक्रममा ठूला माला नपहिरिन र लामो भाषण नगर्न समेत सुझाव दिएको छ ।

कांग्रेसले अभियानको क्रममा ठाउँ ठाउँमा जुलुश प्रदर्शन तथा सभा गर्ने भएको छ । भ्रष्टाचार, महिला हिंसा, बलात्कार,  हत्या र सरकारको कार्यशैलीविरुद्ध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यसअघि बैशाख २५ देखि जेष् २५ सम्म राष्ट्रिय जागरण अभियान संचालन गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।