पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तीव्र

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना हुने ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बिर्तामोडको जायोन स्पोर्टस् क्लवको आयोजनामा आगामी असोज ११ गते बाट १८ गतेसम्म डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ ।

विजयादशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।

प्रतियोगिताको तयारी तीव्र पारीएको गोल्डकप आयोजक समितीका प्रवत्ता अभिनाश राईले बताए । ‘प्रतियोगितामा सहभागी हुने ३ टिमको पक्का हुन बाँकी छ’ उनले भने, “मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी छ ।’

नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ ।

हाल प्रतियोगिता हुने डोमालाल रंगशालाको फुटबल मैदानमा घाँसको काँटछाँट र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । ‘आन्तरीक खेल मैदान मर्मत सम्हार, बाँसको प्याराफिट निर्माण र प्रचारप्रसार लगायतको काम तीव्र पारेका छौँ’ आर्थिक संयोजक दिपेन्द्र आछामीले भने, ‘आर्थिक संकलनका लागि प्रायोजकसँगको सम्झौतालाई अन्तिमचरणमा पु¥याएका छौँ ।’

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वा्धिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान आयोजकको छ । गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई यस अघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…