काबुलका नेपाली भन्छन्– ‘सरकार हामीलाई बचाऊ’

काठमाडाैं । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाले ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधरणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आयाेगको मुख्यालयमा कार्यरत १…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको…

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी…

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।