राजधानीमै डेंगुको भयावह

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शुक्रबार राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न विषयमा प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् ।

बिहीबार जनता समाचार डटकम मा उपराष्ट्रपति पुनसँग पाकिस्तानी राजदूत डा। जावेदको शिष्टाचार भेट, गृहमन्त्री थापा र बंगलादेशी राज्यमन्त्रीबीच भेटवार्ता, ‘संविधानको अक्षरसः पालना गराउन सरकारलाई खबरदारी गरौं’, पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको तयारी तीव्र, ‘संविधानको अक्षरसः पालना गराउन सरकारलाई खबरदारी गरौं’ र ‘दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्छ’लगायतका समाचार प्रकाशित गरिए ।

राजधानी दैनिकले राजधानीमै डेंगुको उच्च जोखिम देखिएको समाचारलाई शीर्ष समाचार बनाएको छ । समाचारमा उल्लेख भए अनुसार ५० दिनमा २९०८ जनालाई डेंगुको संक्रमण देखिएको छ । डेंगुबाट राजधानी लगायत देशभरका ४२ जिल्ला प्रभावित भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण भएपछि उपचार थालिएको छ । काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना डेंगुबाट प्रभावित भएको पत्रिकाले लेखेको छ । समाचारमा उल्लेख भए अनुसार देशभर डेंगुबाट प्रभावित हुनेको संख्या २ हजार ९ सय ८ पुगेको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकमा गौरवका आयोजना अलपत्र शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचारमा हुलाकी राजमार्गले गति लिन नसकेको, कोसी करिडोरमा न्युन बजेट भएको र मध्यपहाडी लोकमार्गमा चरम लापरवाही भइरहेको जस्ता विषय सहितको गहिरो विश्लेषण गरिएको छ ।

नागरिक दैनिकमा महन्त जगन्नाथका जग्गा बिक्रि गर्न रोक शीर्षकमा समाचार छ । समाचारमा जनाइए अनुसार मन्दिरको जमिन बिक्रि गरेको आरोपमा निलम्बनमा परेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका महन्त जगन्नाथ दास वैष्णवको नाममा रहेको सम्पूर्ण जग्गा बिक्रि गर्न संस्थानलाई रोक लगाएको हो ।  यसैगरी नागरिकले २९६ म्यानपावरको लाइसेन्स खारेज र डेंगु संक्रमित कृषिमनत्री अस्पताल भर्ना लगायतका अन्य समाचार समेत छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।