गुडिरहेको कार खोलाले बगायो

एकको मृत्यु, दुई घाइते

फाइल तस्बिर

दोलखा । कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नम्बरकाे कार गएराति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो ।

अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।