‘अतिथि दुहुनो गाई भव:’

मन्त्रीले पहिलोपटक स्पष्ट धारणा राखेको देखेँ

तीर्थ न्यौपाने
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक लोकतन्त्र स्थापना गर्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष दाहालले शुक्रबार नेपाल ट्रेकिङ एशोसिशन (टान) को को ४१ औ साधारण सभा उद्घाटन आर्थिक लोकतन्त्र स्थापना गर्न नसकेको संविधान प्रत्याभूत गरेको अधिकार सार्थक नहुने उल्लेख गर्नुभयो । ‘मुलुकमा लोकतन्त्र स्थापना भयो, संविधान पनि बन्यो मुलुकलाई समृद्धिको दिशामा लग्नुछ’ उहाँले भन्नुभयो, ‘मुलुकलाई अब आर्थिक लोकतन्त्रतर्फ लग्नु आवश्यक छ । आर्थिक लोकतन्त्र बिना मुलुक समृद्धितर्फ जान सक्दैन ।’

अध्यक्ष दाहालले संविधानले प्रत्याभूत गरेको अधिकार कार्यान्वयनको लागि अर्थतन्त्रको विकास आवश्यक भएको उल्लेख गर्नुभयो । ‘संविधानले प्रत्याभूत अधिकार कार्यान्वयनको लागि आर्थिक लोकतन्त्र आवश्यक छ’ उहाँले भन्नुभयो, ‘समृद्धिको लागि आर्थिक लोकतन्त्र अपरिहार्य छ । आर्थिक क्षेत्रमा फड्को नमारेसम्म समृद्धिको सपना मात्र हुनेछ ।’

अध्यक्ष दाहालले मुलकको समृद्धिको लागि पर्यटक क्षेत्रको भूमिका र योगदान महत्वपूर्ण हुने बताउनुभयो । ‘सरकारले मुलुक समृद्ध पार्ने संकल्प गरेको छ, हामी त्यसैमा लागि परेका छौं’ उहाँले भन्नुभयो, ‘मुलुकको समृद्धिको लागि यहाँहरुको सक्रिय भूमिका आवश्यक छ ।’

अध्यक्ष दाहाले पर्यटक क्षेत्रमा भलै पनि केही बिकृति रहेको उल्लेख गर्नुभयो । ‘पाहुनालाई हामी देउता सरह मान्छौ, अतिथि देव  भन्ने उक्ति नै छ’ उहाँले भन्नुभयो, ‘तर पर्यटन क्षेत्रमा केही बिकृति पनि छन्, व्यवसायीमा पर्यटकलाई जसरी पनि छुत्नुपर्छ भन्ने मान्यता भए जस्तो देखिन्छ । अथिति देव होइन, दुहुनो गाई भव भने जस्तो भएको छ ।’

मन्त्रीले पहिलोपटक स्पष्ट धारणा राखेको देखेँ
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई विशिष्ट अतिथिको रुपमा निम्त्याइएको थियो । अध्यक्ष दाहालअघि मन्त्री भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

अध्यक्ष दाहालले मन्त्री भट्टराईको भूमिका प्रभावकारी रहेको टिप्पणी गर्नुभयो । ‘यहाँले सरकारको ततर्फबाट मैले भनुपर्ने केही छैन, योगेशजीले राखिसक्नु भएको छ’ उहाँले भन्नुभयो, ‘मलाई उहाँको भन्ने शैली अत्यन्तै प्रभावकारी लाग्यो । मन्त्रीहरु भएको धेरै कार्यक्रममा म सहभागी भएको छु तर मन्त्रीहरुले सरकारको धारणा स्पष्टसँग राखेको मैले देखेको थिइन । तर आज योगेशजीले स्पष्टसँग सरकारको धारणा राख्नुभयो । मन्त्रीले सरकारको धारणा स्पष्टसँग राखेको पहिलो पटक देखेँ ।’

टानको लक्ष्य प्राप्त गर्ने नेतृत्व चुन्नूस्
अध्यक्ष दाहालले टानका प्रतिनिधिलाई कुशल र सक्षम नेतृत्व चुन्न सुझाव दिनुभयो । ‘म टानसँग पहिल्यैदेखि परिचित छु’ उहाँले भन्नुभयो, ‘टानका साथीहरु आज यहाँ नयाँ नेतृत्व छान्न जुटुनु भएको छ’ उहाँले भन्नु भयो, ‘ टानले सक्षम र कुशल नेतृत्व पाओस् । अब चुनिने नेतृत्वले अघिल्लो टीमको अनुभव र सुझाव समेत ग्रहण गर्दै टानको उदेश्य प्राप्त गर्न सकोस् ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।