हास्य टेलिश्रृङ्खला भद्रगोल भोलिदेखि प्रसारण हुने

काठमाडौं । हास्य टेलिश्रृङ्खला ‘भद्रगोल’ भोलिदेखि प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘भद्रगोल’ को निर्देशन ज्योति काफ्ले र अशोक घितालले गर्ने भएका छन् ।

केही महिना अघिदेखि कार्याक्रम प्रसारण हुन सकेको थिएन ।  यस अघि भद्रगोलको निर्देशन अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिक्री’ ले गर्दै आएका थिए ।

काफ्ले नक्कली बाबुराम बनेर चर्चा कमाएका कलाकार हुन् भने धिताल ‘बाहुन डन’ को भूमिकामा भद्रगोलमा छन् ।

शुक्रबार ८ः४५ बजे प्रसारण हुने भद्रगोलमा काफ्लेलाई ‘मंगल थारु’ को भूमिकामा देख्न पाइनेछ । मिडिया हवकै प्रस्तुतिमा भद्रगोल प्रसारण हुने भएके हो ।

जनजीविकासँग सरोकार र समस्यामा केन्द्रिय विषयवस्तु भद्रगोलले समेट्दै आएको छ । भद्रगोलमा ज्योति काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना लगायतका कलाकारले अभिनय गर्नेछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन