तपाईंको यो साता (भदौ २२ देखि २८ गतेसम्मको राशिफल)

मेष – अधुरा काम पूरा हुनेछन् । सामाजिक एवं परोपकार क्षेत्रमा लगानी बढ्नेछ । धार्मिक रुचि बढ्ने एवम यात्राको सम्भावना देखिन्छ । राजनीतिक रुपमा शक्ति बढ्ने एवम ठुलाबडाको साथले पद, प्रतिष्ठामा वृद्धि हुनेछ । काममा जस पाउनाले नयाँ कामको पनि शुरुवात हुनेछ । रोजगारीको बाटो देखिने एवं साथीभाइको सहयोगले व्यापार व्यवसायमा आम्दानी राम्रो हुनेछ । कृषि एवम पर्यटन क्षेत्रबाट फाइदा मिल्नेछ । मातृपक्षबाट सहयोग मिल्नाले पुरानो अधुरो काम पूरा हुने देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवं आम्दानीको श्रोत बढ्नेछ ।

वृष –साताको सुरुमा अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध आउन सक्नेछ । साताको मध्यमा भने अधुरा
काम बन्ने एवं भाग्यले साथ दिनेछ । सामाजिक क्षेत्रमा राम्रो योगदान रहनेछ । नयाँ कामको शुरुवात हुने एवं ठूलाबडासँगको भेटघाट बढ्नेछ । साताको अन्त्यमा भने नोकरी रोजगारीमा फाइदा एवम आफ्नो कामबाट राम्रो पहिचान मिल्नेछ ।

मिथुन –यात्राको अवसर आउनेछ । पारिवारीक भेटघाट एवम साथीभाइसँग  मनोरञ्जन हुनेछ । प्रेममा प्रगति एवम वैवाहिक जीवनमा खुशीयाली बढ्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा गडबडी, काममा अवरोध  एवं मानहानीको सम्भावना रहन्छ । साताको अन्त्यमा भने नयाँ
कामको थालनी एवम पुराना मित्रको सहयोग मिल्नेछ ।

कर्कट – प्रतिस्पर्धामा जीत हुनेछ । सामान्य मुद्दा मामिला खेप्नुपर्नेछ । वादविवाद भएतापनि सामान्यमा टुंगिनेछ । साताको मध्यमा भने
व्यावसायिक यात्रा हुने एवम सामुहिक कार्यमा समय व्यतित हुनेछ । साताको अन्त्यमा भने अनावश्यक खर्च बढ्ने एवम स्वास्थ्यको
चिन्ता हुनेछ । काम बिग्रिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ ।

सिंह –अध्ययनमा रुचि जानेछ । कला, संगीत एवम साहित्यमा प्रगति देखिन्छ । सन्तानको माया बढ्ने एवं विद्याध्ययनमा प्रगति देखिन्छ
। व्यापार व्यवसायमा राम्रो आम्दानी हुने एवं साथीभाइको सहयोगले जटिल काम पूरा हुनेछ । साताको अन्त्यमा भने यात्रामा
खर्च बढी हुनेछ । प्रेमिप्रेमिका बीच खुशीयाली बढ्ने एवं वैवाहिक कुराकानी चल्नेछ ।

कन्या –प्रेममा शंका उब्जीनेछ । भावनात्मक रुपमा शंका बढ्ने एवं  घरपरिवारमा विवाद हुनेछ । साताको मध्यमा भने अध्ययनमा प्रगति
देखिने एवम सम्पत्तिको कारोबार बढ्नेछ । छोराछोरीको सुख मिल्ने एवं खुशीको खबर आउनेछ । साताको अन्त्यमा भने सामान्य  चोटपटक लाग्न सक्ने एवम पशु चौपायाको क्षति हुन सक्नेछ ।

तुला – काममा जिम्मेवारी थपिनेछ । उत्साह, उमंग बढ्नाले नयाँ काम गर्ने  हौसला मिल्नेछ । छोटो यात्राको संयोग पर्नेछ । साताको मध्यमा भने  घरायसी विवाद बढ्ने, आफन्तसँग सम्बन्ध बिग्रिने एवं मानसिक  तनाव बढ्नेछ । साताको अन्त्यमा भने आर्थिक फाइदा मिल्ने,
अध्ययनमा रुचि जाने एवं नयाँ मित्रसँग भेटघाट एवं राम्रो सम्बन्ध बढ्नेछ ।

वृश्चिक– धनसम्पत्तिको कारोबारमा प्रगति हुनेछ । बोली बचनले साथ दिने एवं ठूलाबडासँगको भेटले फाइदा मिल्नेछ । दाजुभाइको सहयोग
प्राप्ति हुने एवम सानो यात्राको अवसर मिल्नेछ । काममा स्याबासी  मिल्नाले प्रतिष्ठाको योग बन्नेछ । दिदीबहिनीबाट आर्थिक सहयोग
मिल्ने एवं ससुरालबाट धनप्राप्ति हुनेछ । साताको अन्त्यमा  भने मित्रबाट धोका, स्वास्थ्यमा समस्या एवम यात्रामा कष्ट हुनेछ ।

धनु–पहिचानको योग बन्नेछ । काममा प्रगति देखिने एवम नयाँ काममा  योजना बन्नेछ । साथीभाइको सहयोगले अधुरा काम पुरा हुनेछ ।
साताको मध्यमा भने सभासम्मेलनमा सहभागिता मिल्ने, नयाँ  मित्रसँग भेटघाट हुने र कला एवं संगीत क्षेत्रबाट प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने सामुहिक यात्रा हुने, नयाँ ठाउँको  भ्रमण गर्नुपर्ने देखिन्छ ।

मकर – साताको शुरुका खर्च बढ्नेछ । नसोचेको ठाउँमा लगानी गर्नुपर्नेछ ।  पैसाको अभावले ऋण बढ्नेछ । साताको मध्यमा भने पारिवारिक खुशीयाली बढ्ने, प्रेममा प्रगति देखिन्छ । नयाँ सरसामान किनमेलमा  खर्च हुने एवं सवारी सुख र मनोरञ्ञ्जनमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने बोलीको कारण प्रशंसा मिल्ने, अध्ययनमा प्रगति देखिने एवं धनसम्पत्तिको कारोबार एवं व्यापार व्यवसाय फस्टाउनेछ ।
कुम्भ –सवारी साधनको मोह बढ्नेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ ।  स्वास्थ्य बिग्रिनाले सञ्चित धनको नाश हुनेछ । यात्रामा सामान्य
कष्ट मिल्ने एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ ।  व्यापारमा भने केही राम्रो योग देखिन्छ । साताको अन्त्यमा भने नयाँ सरसामान किनमेलमा खर्च हुने एवं सानो यात्राको योग बन्नेछ ।

मीन–राजनीतिक पहुँच मिल्नेछ । ठूलाबडाको साथ मिल्नाले कठिन काममा फाइदा हुनेछ । व्यापार व्यवसाय एवम आर्थिक क्षेत्रमा प्रगति देखिन्छ । काममा जस मिल्नाले सहयोगीहरू अगाडि आउनेछन् । कृषि एवं पशु चौपायाबाट राम्रो आम्दानी हुनेछ । महिला वर्गको सहयोगले
आर्थिक भार कम हुनेछ । साताको अन्त्यमा भने केही खर्च बढ्ने,  सरसामान हराउन सक्ने एवम सामान्य क्षतिको भय देखिन्छ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…