कांग्रेस शीर्ष नेताबीच आरोप–प्रत्याराेप

नारायण थापा
भक्तपुर । भक्तपुरको बोडेमा शुक्रबारबाट शुरु भएको नेपाली कांग्रेसको दुईदिने प्रशिक्षण कार्यक्रममा काग्रेसका शीर्ष नेताबीच नै आरोप–प्रत्यारोप चलेको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा शुरू भएको कार्यक्रमको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुखमा पानी हालेर उद्घघाटन गर्नुभएको हो। सभापति देउवाले चुनावमा पार्टीमा अन्तर्घात गर्नेलाई कुनै हालतमा कारबाही गरिने बताउनुभयो।

स्वतन्त्र रुपमा लेख्न र बोल्न नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै उहाँले प्रजातन्त्रका लागि नेपाली कांग्रेसले २००७ सालदेखि लड्दै आएको र अबपनि लड्ने बताउनुभयो । पार्टी सभापति देउवाले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै त्यसलाई कुनै हालतमा कांग्रेसले मान्दैन भन्दै सरकारविरुद्ध एक भएर आवाज उठाउनु पर्ने बताउनुभयो।

नेता रामचन्द्र पौडेलले सरकारको गलत कामलाई कांग्रेसले आवाज उठाउन काग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिड्छ भन्दै  पुरानै अन्धविश्वास, गुट उपगुटको एउटाएउटा हाँगो समातेर अन्धविश्वास तर्फ धेकेलिदै गएको कांग्रेस नभई लोकतान्त्रिकरण गरेर जनताले खोजेको कांग्रेस बनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले काम गर्न सकेनौ, प्रतिगामीले मुन्टो उठाए भन्नु र प्रधानमन्त्रीले लोकतन्त्र खतरामा पर्यो भनेर सर्वदलीय बैठक बोलाई हारगुहार गर्नुले सरकार सफल हुन नसकी आत्तिएको आरोप लगाउनुभयो ।

नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस भित्र बृहत एकता र सम्बन्ध विस्तार हुनुपर्ने औल्याउदै कांग्रेसका नेता कार्यकर्तामा नयाँ चेतना आउनु पर्ने भनाइ राख्नुभयो । पार्टीभित्र आफू पनि परिवर्तन हुनुपर्छ र विचार व्यबहार र कार्यशैली पनि बदल्नु पर्छ भन्दै गत चुनावमा पार्टीको केन्द्रदेखि तल्लो तहसम्म गल्ति गरेकाले त्यसलाई अब नदोहोर्याउने गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । सिटौलाले सरकारले चौतर्फी रुपमा हस्तक्षेप गरेर देश कब्जा गर्न खोजेको आरोप लगाउदै लोकतन्त्रलाई अहिले सिंहदरबार र जंगलबाट खतरा रहेको टिप्पणी गर्नुभयो ।

उपसभापति एवं प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधिले पार्टी भित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुँदै कांग्रेस र जनतालाई जोड्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेता डा. शशांक कोईराला, संयोजक पुरुषोत्तम दाहाल, केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायतले कांग्रेस एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले शुक्रबार र शनिबार सञ्चालन हुने प्रदेश नम्बर–३ का १३ जिल्ला मध्ये काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्लाका ३ सय १० जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…