जिप दुर्घटना, ७ घाइते

बागलुङ । जिप दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका–२ सेरामा पिकअप जिप दुर्घटना भएको हो ।

शुक्रबार बिहान १० बजेतिर निसीखोला गाउँपालिकाको बायखोलादेखि बुर्तिबाङ बजार आउँदै गरेको लु १ च ९४६२ नम्बरको पिकअप जिप दुर्घघटना भएको हो ।

पिकअप जिप दुर्घटना हुँदा ७ जना गाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

जिप दुर्घटनामा चालक निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटका भक्त श्याम्बुको टाउकोमा गम्भीर चोट लागेको हुँदा बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात पाल्पा रिफर गरिएको प्रहरी हवल्दार सालिकराम भुषालले जानकारी दिए ।

घाइते ७ जना मध्ये ६ जना प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात घर फर्किएको प्रहरी हवल्दार भुषालको भनाइ छ ।

दुर्घटना के कारणले भएको भन्ने बारे अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।