नेपालमा लगानी गर्न चीनसँग आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्तालाई आव्हान गर्नुभएको छ ।

चिनियाँ दुतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गर्नुभएको हो । राजनीतिक स्थायीत्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उहाँले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिका लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताउनुभयो ।

दाहालले नेपाल सँधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँ विरुद्ध प्रयोग गर्न नदिइने प्रतिवद्धता दोहोर्याउनुभयो । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको दाहालको भनाइ थियो ।

उपराराष्ट्रपति नन्दबहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा चीनका लागि नेपालका राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल–चीन बीच राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरका सम्बन्ध विस्तार हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेता तथा विभिन्न व्यवसायीहरु सहभागी रहेकाछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।