१ वर्षमा ७२ कर्मचारीको मृत्यु

काठमाडौं । एक वर्षमा सयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये ५ जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र ४ जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा यस्तो जानकारी दिनुभएको हो । उहाँले सैनिक तथा गैह्रसैनिक कर्मचारीहरुले राष्ट्रसंघमार्फत् पुर्याएको योगदान कहिल्यै भूल्न नसकिने खालको रहेको बताउनुभयो । ‘हाम्रा सहकर्मीहरुलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो’, महासचिव गुटेर्रेसले भन्नुभयो, ‘त्यो गरिरहनु पर्दछ ।’ मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उहाँले आफूहरुले पनि असल सहकर्मी गुमाएको उल्लेख गर्नुभयो ।

राष्ट्रसंघीय कर्मचारीले संसारको सेवा गरेको र धेरै कुरा गुमाउनु परेको महासचिव गुर्टेरेसले बताउनुभयो । अग्रपङ्तीमा रहेर अत्यन्त चुनौतीपूर्ण काम राष्ट्रसंघीय कर्मचारीले गर्नुपरेको बारे महासचिवले कर्मचारी दिवसमा अवसरमा चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…