स्वास्थ्य विज्ञान प्रतिष्ठानकै क्यान्टिन गुणस्तरहीन

सुनसरी । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र खोलिएका क्यान्टिन तथा होटलका खाना गुणस्तरहीन रहेको पाइएको छ ।

प्रदेश– १ र २ सहित उत्तरी भारतबाट समेत उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने गर्दछन् । दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा लिइएको प्रतिष्ठान परिसरमा खुलेका क्यान्टिन तथा होटलले म्याद गुज्रिएका खाद्य वस्तु र कुहिन थालेका सागसब्जी प्रयोग गरेर खाना बनाउने गरेको पाइएको छ ।

प्रतिष्ठानभित्र रहेका तीनवटा क्यान्टिन र एउटा धर्मशालामा गरेको अनुगमनका क्रममा अधिकांशमा गुणस्तरहीन खानेकुरा पाइएको छ । व्यापारीले पटक–पटक गरिरहने गल्तीलाई सुध्रिने चेतावनी दिनुबाहेक केही हुन सकेको छैन ।

प्रतिष्ठान हाताभित्र खोलिएका क्यान्टिनहरु बिरामीका हितका लागि भन्दा पनि कमाउ धन्दामा लागेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…