जमेकाे पानीमा डुबेर २ बालककाे मृत्यु

अछाम । जमेकाे पानीमा डुबेर मंगलसेनमा २ बालककाे मृत्यु भएकाे छ ।

मंगलसेन नगरपालिका-७ जनालिबण्डालीको भैसले स्थित खोलामा जमेको पानीमा डुबेर २ बालकको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा ११ बर्षीय ललित बादी र १२ बर्षीय युकेश दमाई रहेका छन् । विद्यालय छुट्टी भएको समयमा टोलका ५/६ जना केटाकेटी शनिबार बिहान बाख्रा चराउन गोठालो गएको बेलामा पौडी खेल्ने क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुवै बालकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।