सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना

भगीरथ भण्डारी
इलाम । जिल्लामा कार्यरत अस्थायी तथा स्थायी गरी १ सय बीस शिक्षकलाई जरिवाना गरिएको छ । समयमै सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जनही पाँच हजारका दरले जरिवाना गरिएको हो ।

जरिवाना तोकिएको पाँच हजार रुपैयाँसहित विवरण बुझाउँन शिक्षा विकास तथा समन्वय इकाईले अनुरोध गरेको छ । प्रत्येक आर्थिक वर्ष शुरु भएपछि ४५ दिनभित्र शिक्षक तथा कर्मचारीले सम्पत्ति विवरण भरेर स्थानीय निकाय तथा शिक्षक किताबखानामा बुझाउनु पर्ने समन्वय इकाई इलामले जानकारी दिएको छ ।

शिक्षकले नियुक्ति भएको ९० दिनभित्र आफ्नो व्यक्तिगत विवरण किताबखानामा बुझाएर संकेत नम्बर लिनुपर्ने हुन्छ । अध्यावधिक गर्ने सम्बन्धमा किताबखानाले केही शिक्षकको गलत ठेगाना लेखिएको छ ।  कतिपय अवकाश भइसकेका शिक्षकका लागि समेत सूचना गरिएकोमा शिक्षकहरुले आपत्ति जनाएका छन् ।

गतवर्ष विवरण नपुगेका शिक्षकले ५ हजार जरिवाना तिरेको भौचरसहित पुनः विवरण पठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कर्मचारी प्रशासन तथा सुशासन प्रर्द्धन शाखामा विवरण आएकाकाे जानकारी शिक्षा विकास तथा समन्वय इकाई इलामबाट स्थानीय निकायलाई जानकारी गराइएको थियो ।

यस वर्षपनि विवरण पठाइएका शिक्षकलाई एसएमएसमार्फत जानकारी दिने सूचना गरिएपनि हालसम्म जानकारी नआएको शिक्षकको भनाइ छ

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।

नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन