करेन्ट लागेर मजदुरकाे मृत्यु

पर्वत । जलजला गाउँपालिका–८ मा शनिबार दिउँसो करेन्ट लागेर एक मजदुरकाे मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका २ का १७ वर्षीय गणेश किसान रहेका छन् ।
जलजला–८ लस्ती स्थित दक्षिणामकाली क्रसर उद्योगमा बालुवा लिन पुगेका ट्याक्टरका सहचालक किसानले फोनमा कुरा गर्दै हिड्ने क्रममा बिजुलीको थ्री फेजको तारमा छोइन पुग्दा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
मृतक किसानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।