डेंगूको संक्रमणबाट एक जनाको मृत्यु

रुपन्देही । डेंगूको संक्रमणबाट बुटवलमा एक जनाको ज्यान गएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार ज्यान गएको हो ।

लगातार ज्वरो आएपछि बिहीबार बुटवलमा आई परीक्षण गर्दा उनमा डेंगूको संक्रमण पाइएको थियो । तीन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आइसियु कक्षमा राखी उपचार गरे पनि रगतमा रहेको प्लेटलेट्सको मात्रा नबढेपछि आचार्यको शनिबार साढे पाँच बजे निधन भएको हो ।

परीक्षण गर्दा ७५ हजार रहेको प्लेटलेट्सको मात्रा शुक्रबार साँझदेखि घट्दै गई १५ हजारमा पुगेको सावित्राका छोरा रामप्रसाद आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…