पर्यटककाे पर्खाइमा भिमढुङ्गा

दहचोक डाँडाको कालुपाण्डे स्मारक, स्विट्जरल्याण्ड पार्क लगायत गोरखाको मनकामना मन्दिर स्पस्ट देख्न सकिन्छ । यस ठाउँबाट नजिकै रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको ग्रेटवाल शैलीमा निर्मित ऐन डाँडाको रस्वासदन गर्दैे गणेश हिमालको दृष्यलाई क्यामरामा कैद गर्न पाउनु, थाप्ले लामागाउँमा बसेर सूर्योदयो र सूर्यास्तलाई नजिकैबाट लुकामारी खेल्न पाउनु, पन्ध्र मिटर जति भित्र रहेको गुफाभित्र गुप्तेश्वर महादेवको आलिंकन गर्दै रमाउन पाउनु यहाँकाे प्रमुख विशेषता हाे ।

राजधानीको कोलाहल छल्दै सीतापाइला–धार्के सडक खण्ड हुँदै करिब ६ किलोमिटर पश्चिमतर्फको दुरी पार गरेपछि देखिन्छ, ऐतिहासिक सुन्दर गाउँ भिमढुङ्गा । यसै ठाउँमा अवस्थित छ, भिमसेनको ऐतिहासिक तथा पुरातात्विक महत्वको यो मन्दिर । मन्दिर मौलिक पहिचान र संस्कृतिले भरिपूर्ण भिमढुङ्गा दहचोक, कालुपाण्डे स्मारक र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र ऐन डाँडाको बीचमा रहेको छ । ऐतिहासिक महत्वको यो मन्दिरमा पुग्दा जो कोहीलाई प्राकृतिक छटासँग खेलिरहेको महशुस हुन्छ ।

भनिन्छ, भिमढुङ्गा आफैमा नेपाल एकिकरणको सुरुवाती स्थान पनि हो, जहाँबाट पृथ्वीनारायण शाहले पैदलयात्राको माध्यामबाट दहचोक स्थित गढी प्रवेश गरेका थिए । यतिमात्र नभएर किर्तिपुर माथि धावा बोलि विजयका लागि आक्रमण गर्ने क्रममा पहिलो पटक काजी कालुपाण्डे मारिए । दोस्रो पटक उनका भाई सुरप्रताप शाहको आँखा फुटाईयो भने तेस्रो पटक पृथ्वीनारायण शाह स्वयं सेनाको कमाण्डर भएर आएका थिए । अन्तिम पटक कीर्तिपुर कुनै पनि हालतमा आफूले विजय हासिल गर्नुपर्ने हुँदा भिमढुङ्गामा रहेको यिनै भिमसेनको पूजा तथा आरधना गरी साथमा रहेको तरबार भीमसेनलाई समर्पित गराई युद्ध जितेर आउने प्रण गरेका थिए । यदि तेस्रो पटकको आक्रमणमा पनि कीर्तिपुरलाई विजय गर्न नसके आफ्नो प्राण यसै मन्दिरमा विसर्जन गर्ने पृथ्वीनारायण शाहको कठोर संकल्प थियो । किवंदन्तीअनुसार आफ्नो संकल्प पूरा गर्न भन्दै दाहिने हातमा रहेको तरबार शाहले आफ्नो बायाँ खुट्टाको साहिंली औंलामा प्रहार गरी जुन रगत निस्कियो त्यसलाई भीमसेनले सहन सकेनन् । विजय सुनिश्चितताका लागि स्वयं भीमसेनले पृथ्वीनारायण शाहलाई भिमकाया शक्ति प्रदान गरे । जसबाट रक्तविज प्रवाहित तरबार चम्किदै युद्धमा होमियो र किर्तिपुर माथि सजिलै विजय हात प¥यो ।

भीमसेनले आफ्नो ढुङ्गाद्धारा निर्मित डुङ्गामा सवार भई दहको चारैतिर के छ भनि डुलिरहने ईच्छा गर्न थाले । एक दिन दह बाहिर के रहेछ भनेर घुम्दै जाँदा उनको भेट सुप्रभा नगरका दानव राजाकी छोरी प्रभावतीसँग भयो । उनिसँगको पहिलो भेटमै भीमसेनको मनमा माया प्रेम टुसायो । जब साँझ पर्याे उनी दहतिर त फर्किए तर ध्यान प्रभावतीको मनबाट फर्किएन । उता प्रभावती पनि भीमसेनको मायामा लिप्त भईन र स्मरण गर्न थालिन ।

अहिले यो ऐतिहासिक भूमि नागार्जुन नगरपालिका वडा नं ८ मा पर्छ । पृथ्वीनारायण शाहको गोरखा दरबारदेखि काठमाडाैं अर्थात् राजधानी शहर हनुमानढोका दरबारमा दशैं घरमा भित्र्याउने फूलपाति पनि यहि भिमढुङ्गाको बाटो भई हरेक वर्ष ल्याउने गरिन्छ । गोरखा दरबारबाट ल्याएको फूलपाति भिमढुङ्गास्थित भीमसेन मन्दिरको परिक्रमा गराई लैजाने प्रचलन छ । आदिम कालमा गोरखनाथ, मनोकामना र भिमढुङ्गाको भीमसेन स्थानबीच एक आलौकिक शक्ति गाँसिएको थियो जसको रहस्य जान्ने चेस्टाले जासुसहरु पैदा हुँदा ति शक्तिहरु स्वयं अदृष्य हुन गई कालान्तरमा दोलखाको भीमेश्वरका रुपमा एकत्रित हुन पुगेका थिए । यसकारण के विश्वास गरिन्छ भने, ‘यदि राज्यमा संकट आउने वातावरण खडा भएमा दोलखाको भीमेश्वर मन्दिरमा पसिना आउने गर्दछ ।’ जाने बुझेकाहरुको भनाई अनुसार राजा विरेन्द्रको वंशनाश हुनु पुर्व दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको थियो ।

कसरी उत्पत्ति भयो भीमेश्वर (भीमसेन) मन्दिर ?
भिमढुङ्गा आफैंमा प्राचिन नाम । यस ठाउँको नाम भिमढुङ्गा रहनुमा पनि भीमसेनको मन्दिर र उनले चढ्ने गरेको ऐतिहासिक ढुङ्गाद्धारा निर्मित डुङ्गासँग जोडिएको किंवदन्तिलाई लिन सकिन्छ । प्रचलित किंवदन्ति र जनश्रुति अनुसार भिमढुङ्गा र भीमसेनबीचको रोचक र जीवित कहानी छ । द्धापर युगमा पाण्डुका पाँच छोरामध्ये माईलो छोरा भिमसेन अत्यन्तै बलवान थिए । उनमा हजार मत्ता हात्ति सरीको बल थियो तथापि यिनी आफ्ना दाजु युधिस्टर कुरालाई सधैं सिरोधार्य गर्नु आफ्नो परमकर्तव्य ठान्दथे । यसै हुनाले बाहुमा उन्मत्त बल हुँदा पनि आफ्नो रिसलाई कावुमा लिने गरेका थिए । राज्यहरण, वनवास र गुप्तवास यिनका लागि सहज थिएन ।

निष्ठा र धर्ममा बाँच्न सिकेका भीमसेन बल हुँदाहुँदै आफ्नै अगाडी द्रोपदीको सभामा वस्त्रहरण गरेको दृष्य उनको जीवनकै सबै भन्दा ठुलो मुटुको खिल बनीरह्यो । तैपनि तत्काल दुर्योधनलाई त्यसताका केहि गर्न खोज्दा दाजुका कारण रोकिन परेको घटनाले उनको आत्मा विक्षिप्त भयो र भड्किन थाल्यो । यहि कारण आत्मशान्तिका लागि भीमसेन हिमालय पर्वत तिर लागे । रिसको ज्वाला साम्य नहुँदा गति र मतिले काम गर्दैन भने झैं बाटो बिराउँदै उनी नेपाल खाल्डोतिर उकालो लागे ।

बाटामो अगाडी बढ्दै जाँदा भीमसेन एउटा ठुलो दहमा पुगे । दह विशाल थियो । उनी त्यहिँ रोकिन चाहेनन् । अगाडी बढ्ने दृढताका साथ डुङ्गामा सवार हुने विचार गरे । त्यो दह अरु कुनै नभएर काठमाडौं  उपत्यकाको दह थियो (जहाँ अहिले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला पर्छ) । उनलाई चानचुने डुङ्गाले भार थेग्न सक्ने थिएन । त्यस कारण भीमसेनले आफ्नो ढुङ्गाद्धारा निर्मित डुङ्गामा सवार भई दहको चारैतिर के छ भनि डुलिरहने ईच्छा गर्न थाले । एक दिन दह बाहिर के रहेछ भनेर घुम्दै जाँदा उनको भेट सुप्रभा नगरका दानव राजाकी छोरी प्रभावतीसँग भयो । उनिसँगको पहिलो भेटमै भीमसेनको मनमा माया प्रेम टुसायो । जब साँझ प¥यो उनी दहतिर त फर्किए तर ध्यान प्रभावतीको मनबाट फर्किएन । उता प्रभावती पनि भीमसेनको मायामा लिप्त भईन र स्मरण गर्न थालिन ।

त्यस रात दुवैका आँखाहरु निदाउन सकेनन् । फलस्वरुप दुवैकोे भित्रि मनमा एक अर्कालाई गाढा पिरतिले माया साटासाट गर्ने ईच्छा जागृत हुन थाल्यो । कालान्तरमा एक दिन भीमसेनलाई पिडा पर्न गएपछि त्यस ठाउँबाट अन्यत्र गई विहार गर्ने अठोट गरी नागार्जुन डाँडाको फेदमा डुङ्गाको सवार गर्दै आफ्नी प्रेमिका खोज्न थाले ।

प्रभावतीसँगको प्रेममा चुर्लुम्म डुब्दै बाहिर निस्कन नसक्ने स्थितिमा पुगेका भीमसेन आफूले चढेको ढुङ्गाद्धारा निर्मित डुङ्गा तालको छेउ अर्थात नागार्जुन डाँडाको फेदमा राखी पे्रम लिलामा भासिए । केहि क्षणको आनन्द पश्चात तालको छेउमा राखेको डुङ्गा चढेर जाने विचारले अगाडी बढे तर पुरै बाहुबल लगाएर तान्दा पनि डुङ्गा बाहिर आएन बरु भासियो । यस्तो अचम्म देखेपछि आश्चर्यचकित हँुदै आफ्नो प्रेमिकालाई समेत बेवास्ता गरी भीमसेन तत्कालै गायब भए । तथापि उनको मनले प्रभावतीलाई भने बिर्सन सकेन । (भनिन्छ, त्यही पल मञ्जुश्रीद्धारा आफ्नो हातमा रहेको खड्गले चोभारको डाँडा काटी काठमाडौं उपत्यका दहको पानी बाहिर निकासा गरेका थिए रे !) यस्तो चमत्कारीक परिघटना घटेपछि त्यस दिन देखि भिमसेन डुङ्गामा सवार भई त्यहाँ घुम्न जान छोडिदिए ।

अकस्मात त्यहि रात प्रभावतीले यस्तो सपना देखिन, “प्रिय ! तिमी प्राण त्याग नगर । म त्यहि डाँडाको फेदमा अरुले नदेखुन भनेर गायब मात्रै भएकी छु । तिमी हरेक रात आई मलाई भेट्न सक्नेछौ । मैले तिमीलाई बिर्सन सकेको छैन ।” त्यसपछि हरेक रात प्रभावती आफ्नो प्रेमी भीमसेनलाई भेट्न उक्त डाँडाको फेद अर्थात हालको भिमढुङ्गा भन्ने स्थानमा जान्थिन् ।

भोलिपल्ट प्रभावती प्रेमको पीडामा पागल हुँदै भिमसेनको खोजि कार्यमा लागिन् । राजा दानासुरले आफ्नी छोरी गायब भएपछि खोजि गरिदिन सारा सैनिक परिचालन गरे । जहाँतहिँ प्रभावतीको खोजी भयो तर सैन्य गण पत्ता लगाउन नसकि हार मानेर दरबारतिर फर्कियो । उता भिमसेनलाई पाउन नसकी हार खाई राजकुमारी प्रभावतीले रानीवनको फेदमा बसेर प्राण त्यागी मृत्यूवरण गर्ने निधा गरिन् । अकस्मात त्यहि रात प्रभावतीले यस्तो सपना देखिन, “प्रिय ! तिमी प्राण त्याग नगर । म त्यहि डाँडाको फेदमा अरुले नदेखुन भनेर गायब मात्रै भएकी छु । तिमी हरेक रात आई मलाई भेट्न सक्नेछौ । मैले तिमीलाई बिर्सन सकेको छैन ।” त्यसपछि हरेक रात प्रभावती आफ्नो प्रेमी भिमसेनलाई भेट्न उक्त डाँडाको फेद अर्थात हालको भिमढुङ्गा भन्ने स्थानमा जान्थिन् ।

रातभरी दुवैको भलाकुसारी हुन्थ्यो र बिहानीपख झिस्मिसेमा पुनः भेट्ने बाचा गरी प्रभावती त्यस ठाउँबाट गायब हुन्थिन् । यो कुराको चाल कसैले पाउन सकेनन् । समय बित्दै गएपछि उनका सन्तान पनि जन्मिए तर बलवान हुनाले त्यहाँ बसेनन् । भीमसेन विक्षिप्त भएको बेला जुन प्रेम जहाँ पाए त्यसलाई अविस्मरणिय प्रेमक्रिडाको स्थल र सम्झना बनाउनु उचित ठानेर स्वयं मन्दिरका रुपमा उत्पत्ति हुने ईच्छा प्रकट गरी उक्त स्थानमा अकस्मात मन्दिर भै उत्पत्ति भए ।

ऐतिहासिक महत्व ?
महाभारतमा पनि लेखिएको छ कि, भिमसेन ज्यादै बलवान थिए । उनको हजार हात्ति बराबरको बल थियो । आफ्नो भार थेग्न जलक्रिडाको समयमा भीमसेनले सधैं ढुङ्गाको डुङ्गा चढेर सवार गर्दथे । उनले खेल्ने गरेको ढुङ्गाद्धारा निर्मित गुच्चा हाल काठमाडाैंकाे भीमसेन गोलामा देख्न सकिन्छ । भीमसेनको डुङ्गा गायब भएको स्थान पछि अपभ्रंस हुँदै भिमढुङ्गाका नामले परिचित हुन गयो । भिमढुङ्गाको यो भीमसेन मन्दिर अर्को ऐतिहासिक कारणले पनि महत्वपूर्ण छ । त्यो के हो भने, गोरखा दरबार र हनुमानढोका दरबार बिचको ऐतिहासिक सम्बन्ध जोड्ने सेतु । नेपालीहरुको महान चाड दशैंको पावन अवसरमा हनुमानढोका दरबारमा भित्र्याउने फूलपाति गोरखा दरबारबाट जीवनपुर हुँदै भिमढुङ्गाको यसै भीमसेन मन्दिरलाई विधिवत दाँया तर्फबाट परिक्रमा गराउँदै सोहि दिन ब्राम्हणद्धारा जमलसम्म पुर्याइन्छ ।

जमलबाट गुरुजु पल्टनको बाजागाजा सहित हनुमानढोका दरबारमा साईत पारेर विधिवत फूलपाति भित्र्याउने चलन अझै  कायमै छ । हनुमानढोका दरबारमा फूलपाती भित्रिए पछि सर्वसाधारणले आ–आफ्नो घर – घरमा परम्परानुसार फूलपाती भित्र्याएर हरेक वर्ष दशैंलाई स्वागत गर्दछन् । उक्त मन्दिर नजिकै एउटा मौलो पनि छ । पहिला सो स्थानमा कोतघर थियो रे । जहाँ जमरा पनि राखिने गरिन्थ्याे भन्ने सुनिन्छ तर अहिले त्यस ठाउँमा दशैंमा जमरा राखिदैन । हरेक वर्ष दशैंमा मौलो पूजा चाहीँ वडा कार्यालयले गर्दै आएको छ ।

यो ठाउँ गोरखा जिल्लाको माता मनकामना मन्दिर दर्शनको काठमाडाैं उपत्यकाको पश्चिमद्धार हुनाले पनि यहाँको धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट भीमसेनको मन्दिरलाई अझ बढी महत्व दिनुपर्ने देखिन्छ । विभिन्न रुपहरु मध्ये दोलखाको भीमसेनलाई जति महत्वका साथ शक्तिशालि मानिन्छ, त्यसको दोस्रो शक्ति स्वरुप भिमढुङ्गाको भिमसेनलाई मान्ने गरिएको छ । नेवारी समुदायको अत्यन्तै प्रभावशाली शक्तिसम्पन्न देवताका रुपमा भीमसेनलाई मानिने हुँदा यहाँको मौलिक नेवारी परम्परा र संस्कृतिले समाजमा बेग्लै पहिचान बनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो हरेक वर्ष भीमाएकादशीका दिन चलाईने भीमसेन जात्रा । नेवार समुदायले भीमाएकादशीको दिन भिमढुङ्गाको उक्त भिमसेनलाई विधिवत रथारोहण गरी त्यसको ठिक भोलिपल्ट द्धादशिका दिन भीमेश्वर जात्रा गर्नु यहाँको अर्को स्थानिय संस्कृितक पक्ष हाे । यिनै संभावनालाई पर्यटकिय विकासमा रुपान्तरण गर्दै सांस्कृतिक उत्थानका लागि काम गर्न कृयाशील स्थानिय भिमढुङ्गा पर्यटन विकास समितिले प्रचारप्रसार गर्ने योजना अगाडी सारेको भएपनि बजेट अभावमा ति कामहरु पुरा हुन सकेका छैनन् । हाल समिति प्राय निस्कृय जस्तै  छ ।

यहाँबाट काठमाडाैं उपत्यकाको दृष्यावलोकन सजिलैसँग गर्न सकिन्छ । भिमढुङ्गाबाट धादिङ्ग, नुवाकोट लगायत गोरखा जिल्ला पनि यहाँबाट देख्न सकिन्छ । यसका साथै अलि माथि दहचोक डाँडाको कालुपाण्डे स्मारक, स्वीट्जरल्याण्ड पार्क लगायत गोरखाको मनकामना मन्दिर स्पस्ट देख्न सकिन्छ । यस ठाउँबाट नजिकै रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको ग्रेटवाल शैलीमा निर्मित ऐन डाँडाको रस्वासदन गर्दैे गणेश हिमालको दृष्यलाई क्यामरामा कैद गर्न पाउनु, थाप्ले लामागाउँमा बसेर सूर्योदयो र सूर्यास्तलाई नजिकैबाट लुकामारी खेल्न पाउनु, पन्ध्र मिटर जति भित्र रहेको गुफाभित्र गुप्तेश्वर महादेवको आलिंकन गर्दै रमाउन पाउनु यहाँकाे प्रमुख विशेषता हाे ।

ऐतिहासिक ढंगबाट उत्पत्ति भई प्राचीन धरोहरको रुपमा रहेको भिमढुङ्गालाई पर्यटकीय नगरीमा रुपान्तरण गर्न भीमेश्वर (भीमसेन) मन्दिरले पनि थप टेवा दिएको छ । मन्दिर वरपर रहेका धेरैजसो वस्तु तथा सार्वजनिक भू–भागहरु, नेवार सम्प्रदायको महर्जन गुठीद्धारा गरिने सांस्कृतिक तथा मौलिक जात्रा संचालन कार्यले पक्कै चासो बढाउँछ । अझै पनि नागार्जुन नगरपालिकाले मन्दिरको संरक्षण, प्रवर्धन, प्रचारप्रसार तथा पर्यटकिय विकासमा त्यति ध्यान पुर्याउन सकेको देखिदैन । अतः हामी एकपटक आन्तरिक पर्यटन विकासका लागि भीमसेन मन्दिरको मौलिकता हेर्न भिमढुङ्गाको जाने कि ?

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।