जुम्बा प्रतियोगिताको उपाधि भीआर फिटनेशलाई

भक्तपुर । जुम्बा प्रतियोगिताको उपाधि भीआर फिटनेशले जितेको छ । उपत्यकास्तरीय प्रतियोगिताको उपाधि आयोजक भीरआर फिटनेशले जितेको हो ।

प्रतियोगितामा अल्टिमेट फिजीकल फिटनेश मध्यपुरले फस्ट रनर अप र स्टार जुम्बा ईमाडोलले सेकण्ड रनर अपको उपाधि जितेको छ ।

प्रथम उपाधि विजेता भीआरलाई समाजसेवी तथा खेलाडी रवि राणाले रु २५ हजार नगद प्रदान गर्नुभयो । यसैगरी फस्ट रनर अप अल्टिमेट र सेकेण्ड रनरअप स्टार जुम्बालाई महेशराज कुँवरले क्रमश रु १५ हजार रु रु ५ हजार नगद प्रदान गर्नुभयो ।

प्रतियोगितामा ७ समूहले भाग लिएका थिए । विजयी सबै समूहका लागि अजय श्रेष्ठले अवार्ड प्रदान गर्नुभयो । प्रतियोगिताको निर्णायकमा शोभा गुरुङ्ग, छिरीङ्ग लामा, सम्झना सुब्बा, मेनका राई र कुन तामाङ रहनुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…