परदेशीको कथा ‘निन्द्रा नै लाग्दैन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । उज्ज्वल भविष्यको सपना बोकेर परदेशिएका ४० लाख नेपालीको साझा कथालाई मुख्य विषय बनाई तयार पारिएको गीत ‘निन्द्रा नै लाग्दैन’ सार्वजनिक भएको छ । आशिष पुरुषको शब्द रचना रहेको ‘निन्द्रा नै लाग्दैन’मा गायक अनिल सिंहको स्वर र संगीत छ ।

गीतमा प्रमोद निर्वानले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोलाई नेपाल र युएइमा छायाँकन गरिएको छ । एक दशकदेखि कामको शिलशिलामा यूएईमा रहँदै आएका गीतकार एवं कलाकार आशिष पुरुष र अभिनेत्री नम्रता सापकोटाले भिडियोमा अभिनय गरेका छन् ।

नेपालका दृष्यहरुमा सुरेश काफ्लेको छायाँकन गरेका छन् । युएइका दृष्यलाई प्रकाश न्यौपानेले छायाँकन गरेका हुन् । विकास सुवेदीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।  अगष्ट ३० तारिखसुदुरपश्चिम सेवा समाज युएईले आयोजना गरिएको गौरा विशेष सांस्कृतिक कार्यक्रममा म्युजिक भिडियोको विमोचन गरिएको हो ।

आशिषले भिडियो आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् । आशिष अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) एसियाका संयोजक हुन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…