डेंगु रोग नियन्त्रणका लागि कार्ययोजना माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले ७० हजार भन्दा बढी नागरिकलाई रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्नुभयो । भुसालले डेंगुबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सचेत भुसालले जनस्वास्थ्यसँग जोडिएका यस्ता विषयमा सरकार किन गम्भीर नभएको ? भनि प्रश्न गर्नु भयो । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकको पद खारेज गरेर हालसम्म पनि डेंगु नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

त्यसैगरी कांग्रेसका अर्का सांसद डिला संग्रौलाले डेंगु रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

चिकित्सकका अनुसार हाल डेंगु रोगको संक्रमणमा परी ३, हजार ५ सय ८० जना बिरामी अस्पताल भर्ना भएका छन् । त्यसैगरी रोगको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।