कांग्रेस नेता भुषाल विद्याभुषण ‘क’ बाट विभुषित

कौरव खत्री
गुल्मी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता दामोदर भुषाल राष्ट्रिय शिक्षा दिवसको अवसरमा शुक्रबार विभुषित हुनुभएकाे छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युवा नेता भुषाललाई विद्याभुषण ‘क’ बाट विभुषित गर्नुभएकाे हाे ।

हरेक वर्ष स्वदेश तथा विदेशबाट विभिन्न विधामा विभिन्न समयमा विद्यावारिधी गरेका व्यक्तिलाई विद्याभुषण ‘क’ उपाधिले विभुषित गर्ने प्रचलन रहेको छ ।

भुषाल चीनको पेकिङ्ग विश्वविद्यालयबाट विद्यावारिधी गर्ने पहिलो व्याचको पहिलो नेपाली हुनुहुन्छ । नेपालमा उद्यमशीलता विकासमा विप्रेषणको भूमिका विषयमा सोध गर्नुभएका नेता भुषालले यसअघि नै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नाकोत्तर गर्नुभएकाे छ । राजनीतिलाई पवित्र कार्य ठान्ने नेता भुषाल परिवारमा राजनीतिक क्षेत्रका तेस्रो पुस्ताका प्रतिनिधि पात्रसमेत हुनुहुन्छ ।

विद्यार्थी जीवनमा भुषाल सधै चर्चामा रहनुभयाे । क्याम्पसमा अध्ययन गर्दा काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सभापतिसमेत बन्नुभएका भुषाल नेविसंघको विदेश विभाग प्रमुख रहँदा शिक्षालाई शान्ति क्षेत्र कायम गराउने र विद्यार्थीको अधिकार स्थापित गराउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र साँस्कृतिक लगायतका विविध पक्षको समाचार…

काठमाडौं । केही सातायता कुखुराको मासुको मूल्य अप्रत्यासित रुपमा आकाशिएको छ । उद्योगीसँग साँठगाँठको कारण मासुको मूल्य वृद्धि भएको रहस्य…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ । वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ । मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ ।…

काठमाडौं । मुलुकको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाले जीवन गुमाएका छन् ।  बाराको पचरौता नगरपालिकामा मोटर साइकल पल्टिँदा…

काठमाडौं । पछिल्लो समय ‘जता नि चोर’ गीतको कारण लोक गायक पशुपति शर्मा चर्चा र विवादमा आएका छन् । त्यसमा…