अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा शान्तिवार्ता रद्द, हिंसा बढ्ने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति वार्ता रद्द गर्नुभएको छ ।

ट्रम्पले ट्वीट गर्दै आइतबार क्याम्प डेभिडमा तालिवानका वरिष्ठ नेताहरूसँगको तय भएको वार्ता रद्द भएको जनाउनुभएको हो ।

अघिल्लो साता काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिवान समूहले स्विकारेपछि ट्रम्पले बैठक स्थगित गर्नुभएको हो । तालिवानसँगका अमेरिकी वार्ताकार जालमाई खलिलजादले गत सोमबार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए ।

अफगानिस्तानबाट सयौँ सैनिक फिर्ता गर्न अमेरिका–तालिवान सहमति प्रस्तावित सम्झौता अनुरूप अमेरिकाले २० साताभित्र ५ हजार ४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने थियो । यद्यपि खलिलजादले यसको अन्तिम निर्णय ट्रम्पले नै गर्ने बताएका थिए । अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सेना कार्यरत छन् ।

तालिबानले बिहीबार जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको थियो । तालिवानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारण मारिने क्रमको अन्त्य नहुने देखाएको आशंका गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।