फौजी किरा प्रकाेपले मकैबाली नष्ट

भाेजपुर । फौजी किराको प्रकोपले करिब २५ हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।

भोजपुरमा पहिलो पटक अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।

फौजी किराले मकैबाली सखाप पार्न थालेपछि टक्सार, आम्तेक मानेभञ्जाङ, जरायोटार, याङपाङ, रानिबास लगायत क्षेत्रका किसानहरु चिन्तित बनेका हुन् ।

फौजी किराले दिउँसोको समयमा मकैको गुबोभित्र पसेर खाने र रातमा कलिला पात खाने गरेको छ । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने समस्या हुने गर्दछ ।

कृषकको खेतबारीमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएपछि बालीनाली, रुखबिरुवा, वस्तु भाउमा समेत क्षति गर्नेप्रति किसानको चिन्ता बढ्दै गएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ । वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ । मिथुन– वित्तीय कारोवार…

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

मुस्ताङको मुक्तिनाथकाे मन्दिरस्थित कागबेनीमा सोह्र श्राद्ध तथा पितृ तपर्ण कार्य गर्न रोकिएको छ ।

जनताको भावना अनुसार चल्न सकेनौं भन्ने छुट छैन ।