उत्तरगंगा परियोजना अघि बढाउन माग

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले उत्तरगंगा जलाशययुक्त जलविद्युत् परियोजनाको काम छिट्टै अघि बढाउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै पौडेलले उत्तरगङ्गा परियोजना देशकै सस्तो, सरल र सहज परियोजना रहेकाे बताउनुभयाे । पाैडेलले यो वा त्यो विवाद सिर्जना गरेर परियोजना कार्यान्वय हुन नदिने षड्यन्त्र भइरहेकाे प्रति विरोध गर्नुभयाे ।

पौडेलले बागलुङ ढोरपाटनस्थित परियोजना राष्ट्रिय गौरवको आयोजनालाई तुरुन्त प्राविधिक पठाएर काम अघि बढाउन सरकारसँग विशेषय आग्रह गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।