ट्रकमा बिजुली सट हुँदा आगलागी

सुनिल कार्की
पाल्पा । मिनी ट्रक दुर्घटना हुँदा आगलागी भएको छ । तानसेन नगरपालिका–७ टिन्टे आँप स्थित बाँसटारी–सराई भित्री सडक खण्डमा विद्युतको तार सट भई ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार तरकारी बोकेर बुटवलदेखि सराईतर्फ जाँदै गरेको लु १ ख ९४०९ नम्बरको ट्रक ब्रेक फेल भई सडकदेखि ५ मिटर तल खस्न पुगेको थियो । ट्रक सडक तल रहेको बिजुलीको पोलमा ठोक्किन पुग्दा तार सट् भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी दिपेन्द्र जिसीले बताउनुभयो ।

आगलागीबाट ट्रकमा रहेका तरकारी, त्रिपालमा आंशिक क्षति पुगेको छ । दुर्घटनाग्रस्त ट्रकमा रहेका चालक सहचालक भने हामफालेर बच्न सफल भएका छन् । उनीहरु अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

संविधानले ग्यारेन्टी गरेका अधिकार हनन् हुनेगरी सरकारले विभिन्न विधेयक ल्याएको छ ।

संविधान मधेसवादी दलको समेत क्रियाशीलतामा जारी भएको हो ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान आलोचना नगर्न आग्रह गर्नुभएको छ ।