म्याग्दीमा कुटपिटबाट एककाे ज्यान गयाे

म्याग्दी । कुटपिटबाट एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका–२, रुमको खवाङमा स्थानीय युवाको कुटपिटबाट घाइते भएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।

दर्जीलाई उपचारका लागि पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कुटपिटमा संलग्न स्थानीय ओमकार बुढाथोकी, नविन बुढाथोकी र नेत्र पुनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उनीहरूविरुद्ध जिल्ला अदालत म्याग्दीमा आइतबार ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ । १९ गते राती मदिरा सेवन गरेका बुढाद्वय र पुनले परियारको घरमै आएर कुटपिट गरेका थिए ।

मृतकको दाहिने कोखा र टाउकोको देब्रे भागमा रगत जमेको थियो । परियारलाई २० गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पोखरा स्थित गण्डकी अस्पताल रिफर गरेको थियो ।

पछिल्लो समय म्याग्दीमा यस किसिमका घटना बढ्दै गएको छ । गतहप्ता रत्नेचौरमा दुई समूहबीच खुकुरी हानहान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले…

उमा अधिकारी दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

नवौं संशोधनमार्फत म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त…

काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशित गरेको उपसचिवको बढुवा सूचना रोक्का माग गर्दै सर्वोच्च अदालतमा रिट…

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…