बीपी कोइराला र हिन्दूराष्ट्र

संस्थापक नेता बीपी कोइरालाको १ सय ६ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले भदौ २४ गते मलुकका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा ३५ हजार विरुवा रोप्ने निर्णय गरेको छ । असार २२ गते शुरु भएर भदौ १८ गते सम्पन्न भएको केन्द्रीय समितिको बैठकले गरेका विविध निर्णयमध्ये वृक्षारोपणकाे निर्णयलाई सबैले स्वागत गरेका छन् ।

कांग्रेसले बीपी जयन्तीमा वृक्षारोपण अभियान गर्न थालेको २०४० साल देखि हो । तर ती वृक्ष कति हुर्केका छन् ? उत्तर आशाजनक छैन । नेपाली कांग्रेसले पंचायतकालमा पनि वृक्षारोपण गथ्र्यो तर त्यसलाई तत्कालीन प्रहरी प्रशासनले उखेलेर फाल्थ्यो । वृक्षारोपणमा संलग्न हुनेहरुलाई कुटपिट गर्दै थुन्थ्यो । २०४६ सालको परिवर्तनपछि भने यो अवस्था छैन । मुलुकमा पञ्चायती व्यवस्था अन्त्य भएको ३० वर्ष नाघेको छ । यो अवधिमा २९ पटक वृक्षारोपण भइसकेका छन् । तर नर्सरीबाट विरुवा ल्याउने, जरा छोपिने गरी गाड्ने, त्यसपछि कहिल्यै फर्केर नहेर्ने स्थिति छ । सुन्दरीजल बन्दी गृह (हाल बीपी संग्रहालय) मा रहेको कपुरको रुख बाहेक नेपाली कांग्रेसले रोपेको यो रुख हो भन्न सकिने अवस्था छैन । त्यो कपुरको विरुवा बीपीले रोपेर ७ वर्षसम्म आफैं गोडमेल गरी हुर्काएका थिए ।

कांग्रेस बीपीले रोपेर आफैं मलजल तथा गोडमेल गरी हुर्काएको रूख हो । तर रूखको फल बीपी आफैंले भने चाख्न पाएनन् । बीपी पछिको पुस्ताले रूखको फल मज्जाले खाए तर मलजल तथा गोडमेल गरेनन् । त्यहीकारण रूख आज संकटमा परेको छ । पुराना पात झरिरहेका छन् । नयाँ पात पलाउने क्रम विस्तारै घट्दै गएको छ

विरुवा रोपेर मात्रै हुँदैन । त्यसको संरक्षण र संवद्र्धन पनि गर्नुपर्छ । विरुवा मात्र होइन अन्य पक्षमा पनि त्यो अवधारणा लागू हुन्छ । अझ राजनीतिमा त झन् । कांग्रेसले यस्तो अवधारणा अपनाएन । नेताहरुले त्यसलाई बिर्से । त्यही भएर कांग्रेसको यो हविगत भएको हो । कांग्रेस बीपीले रोपेर आफैं मलजल तथा गोडमेल गरी हुर्काएको रूख हो । तर रूख को फल बीपी आफैंले भने चाख्न पाएनन् । बीपी पछिको पुस्ताले रूखको फल मज्जाले खाए तर मलजल तथा गोडमेल गरेनन् । त्यहीकारण रूख आज संकटमा परेको छ । पुराना पात झरिरहेका छन् । नयाँ पात पलाउने क्रम विस्तारै घट्दै गएको छ । यो क्रम केही वर्ष जारी रह्यो भने रुख मर्छ । त्यतिबेला त्यही रुखको मुडो बालेर आगो ताप्ने खरानी भइसके पछि त्यही घसेर कमण्डलु बोक्दै घरघर चाहर्ने बाहेक अन्य विकल्प रहन्छ ? कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ता त्यही विकल्पको पर्खाइमा छन् कि जस्तो देखिन्छ । पार्टी चरम संकटमा गुज्रिरहेका बेला केन्द्रीय समितिको बैठक दुई महिना चल्यो । बैठकले के के निर्णय ग¥यो ? भनेर हेर्दा ३६ वर्ष अघिको जस्तै वृक्षारोपण बाहेक अरू उल्लेखनीय निर्णय गरेको देखिएन ।

बैठकको महत्वपूर्ण समय संविधानमा उल्लेख भएको धर्मनिरपेक्ष कायमै राख्ने कि, हिन्दू राज्यको अवधारणामा जाने भन्ने बहसमै बित्यो । अहिलेको अवस्थामा यो बहस कत्तिको सान्दर्भिक छ ? यसतर्फ कसैको ध्यान गएन । सभापति शेरबहादुर देउवा नतमस्तक बनेर सुनिरहे । सरकारप्रति जनतामा केही असन्तुष्टि छ । सरकारप्रति जनताको उत्साह मरिसकेको छ । यस्तो अवस्थामा जनता प्रमुख प्रतिपक्षप्रति आशावादी हुनुपर्ने हो । तर यहीबेला जनता गल्लीगल्ली , चोक–चोकका चियापसलमा कांग्रेस झन खराब हो भन्ने टिकाटिप्पणी गरिरहेका छन् । बरु राजतन्त्र नै ठिक भन्नेहरुको पनि कमी छैन । लोकतान्त्रिक शासन व्यवस्था संकटमा पर्दै गरेको लक्षण हो यो । यही बेला कांग्रेसभित्र केही शीर्ष नेताले नै हिन्दूराष्ट्रको पक्षमा वकालत गर्न थालेका छन् । कांग्रेसका नेताले नै संविधानमा उल्लेखित धर्मनिरपेक्षताको विकल्पमा हिन्दूराष्ट्र एजेण्डाबारे बहस चलाउन थालेपछि राजावादीहरु उत्साहित हुनु स्वभाविकै हो । पहिलो चरणमा हिन्दूराष्ट्र र दोस्रो चरणमा राजतन्त्र पुनर्वहाली गर्ने राजावादीहरुको लक्ष्य छ । उनीहरुको प्र रणनीति नै यही हो । राजावादीहरुको त्यो लक्ष्य मुलुकको लागि प्रतिगामी छ । तर कांग्रेस राजावादीहरुको रणनीतिको शिकार भइरहेको छ । त्यो पनि बी जयन्तीकै सेरोफेरोमा ।

बीपीको वटमलाई हिन्दूराज्य थियो कि , धर्मनिरपेक्ष ? भन्नेमा ‘कन्फ्युजन’ छैन । यो मामिलामा बीपीले इस्वीको २० औं शताव्दीमै स्पष्ट विचार दिइसकेका छन् । अहिले त २१ औं शताव्दी हो । नेपाली कांग्रेसको झण्डाका ४ ताराको सन्देश राष्ट्रियता , लोकतन्त्र , समाजवाद र धार्मिक स्वतन्त्रता हो भनेर बीपीले २० औं शताव्दीमै व्याख्या गरिसकेका छन् । त्यसबेलाको समाज धार्मिक दृष्टिले कट्टर थियो । दक्षिणपन्थीहरुले धार्मिक आस्थाको आडमा लोकतन्त्र निलिरहेको अवस्था थियो । यस्तो अवस्थामा पनि बीपीले नेपाली कांग्रेसलाई धार्मिक स्वतन्त्रताका पक्षमा उभ्याए । एकल धर्म सापेक्ष राज्य लोकतान्त्रिक हुन सक्दैन भन्ने बीपीको मान्यता हो ।

पृथ्वीनारायण शाहले केही भनाई टिपोट गर्न लगाए । जसलाई दिव्योपदेश भन्ने गरिएको छ । व्याख्या गर्न नभ्याइएको, सुत्रात्मक रुपमा मात्रै उल्लेख गरिएको दिव्योपदेशमा भनिएको छ – ‘१ नेपाल चार वर्ण छत्तीस जातको साझा फूलवारी हो, २ जनताले जसलाई चाहन्छन् उसलाई प्रधानमन्त्री बनाउनु, ३ उत्तर र दक्षिण दुवै मुलुकसँग हरहमेशा सचेत रहनु, नजिस्क्याउनु । ४ जनता अधिकार सम्पन्न भए मुलुक बलियो हुन्छ ।’ तर उनी पछिका शासकले यो कुरा बुझेनन् । बीपीले त्यसको व्याख्या गरे

भूगोलको एकीकरण पृथ्वीनारायण शाहले गरे । तर त्यसमा प्राण भर्ने प्रयास गर्दा गर्दै अल्पायुमै उनको निधन भयो । आफ्नो मृत्यु नजिकिँदै आएको संकेत पाएपछि पृथ्वीनारायण शाहले केही भनाई टिपोट गर्न लगाए । जसलाई दिव्योपदेश भन्ने गरिएको छ । व्याख्या गर्न नभ्याइएको, सुत्रात्मक रुपमा मात्रै उल्लेख गरिएको दिव्योपदेशमा भनिएको छ – ‘१ नेपाल चार वर्ण छत्तीस जातको साझा फूलवारी हो, २ जनताले जसलाई चाहन्छन् उसलाई प्रधानमन्त्री बनाउनु, ३ उत्तर र दक्षिण दुवै मुलुकसँग हरहमेशा सचेत रहनु, नजिस्क्याउनु । ४ जनता अधिकार सम्पन्न भए मुलुक बलियो हुन्छ ।’ तर उनी पछिका शासकले यो कुरा बुझेनन् । बीपीले त्यसको व्याख्या गरे । चार वर्ण छत्तीस जातको साझा फूलबारी नेपालाई कुनै एक धर्मालम्बी विशेषको नामसँग जोड्नु हुँदैन भन्ने मान्यताका साथ बीपीले धार्मिक स्वतन्त्रताको व्याख्या गरेका थिए । जनता जोदेखि खुशी हुन्छन् उसैलाई प्रधानमन्त्री बनाउनु भनेको लोकतान्त्रिक विधि विधानलाई अंगाल भनिएको हो । जनता अधिकार सम्पन्न भए मुलुक बलियो हुन्छ भन्नुको अर्थ पनि सिधा नै छ ।

पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलक नेपालमा बीपीले प्राण भर्दै थिए तर राजा महेन्द्र शाहले हस्तक्षेप गरी शासन आफ्नो हातमा लिए । जननिर्वाचित प्रधानमन्त्रीलाई जेलमा थुनेर जनताले नचनेका व्याक्तिलाई प्रधानमन्त्री मनोनित गरे। चार वर्ण छत्तीस जातको साझा फूलबारी भन्ने मान्यतालाई कच्याक कुचुक हुने गरी कुल्चँदै नेपालको नामका अगाडि हिन्दूअधिराज्य थपे । जनतालाई अधिकार विहीन बनाए । त्यसकाे २० वर्षपछि वीरेन्द्रले पञ्चायती व्यवस्थालाई निरन्तरता दिने कि, बहुदलीय व्यवस्था पुनस्र्थापना गर्ने ? भन्ने विकल्पमा जनमत संग्रहको घोषणा गरे । त्यसबेला हिन्दूअधिराज्यका विषयमा नेपाली कांग्रेसले के धारणा राख्ला ? भन्ने जिज्ञासा मुलुकको बौद्धिक वर्गमा थियो ।

त्यतिबेला मुलुकको बौद्धिक वर्गले तीन अनुमान गरेका थिए । पहिलो मुलुकमा हिन्दूको वाहुल्यता भएका कारण चुनाव जित्ने रणनीति अन्तर्गत बीपीले हिन्दूअधिराज्यकै पक्षमा आँफूलाई उभ्याउन सक्छन् । दोस्रो धार्मिक स्वतन्त्रता नेपाली कांग्रेसको आदर्श भएका कारण बीपी हिन्दू अधिराज्यको खिलापमा भए पनि भोट घट्ने आशंकाका कारण यसमा मौन रहने सक्छन्। तेस्रो बीपी लोकतन्त्रवादी नेता भएकाले एकलधर्म राज्यको खिलापमा लाग्न सक्छन् । तर जनमत संग्रहको घोषणा भएको डेढमहिनासम्म बीपीले यसबारे केही बोलेनन् ।

२०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा भयो, साउन पहिलो साता विक्ली मिरर नामक अखवारलाई बोलाएर बीपीले अन्तर्वाता दिए । अन्तर्वातामा उनले भने –‘ नेपाललाई हिन्दूअधिराज्य घोषणा गर्नु झेली कुरा हो, नेपाल हिँजो पनि हिन्दू अधिराज्य थिएन, आज पनि छैन र भोलि पनि रहने छैन , नेपाल भनेको धर्मनिरपेक्ष देश हो ।’ तर कांग्रेसले बीपीको लाइन छाड्यो भन्नेहरु यतिबेला हिन्दूराज्यको पक्षमा वकालत गर्न थालेका छन् । उनीहरुले बीपीको तस्बिर मात्र बोकिरहेका छन् तर विचार भने बोक्न सकिरहेका छैनन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…